Galbandi गलबन्दी Lyrics | Prakash Saput & Shanti Shree Pariyar | Anjali Adhikari | Bola Maya

Galbandi गलबन्दी Lyrics | Prakash Saput & Shanti Shree Pariyar | Anjali Adhikari | Bola Maya

Male:
हे, सुरु गरौं
गरम गरम गरम
हे,
भेट भैयो झमक्क साझमा,
राख्छु तिम्लाई यो दिल्को माझमा,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
हे,
मैले यता मन्पेट खोल्ने,
ढुङ्गा हो कि मान्छे हो नबोल्ने,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
हे,
के भनौ खोइ,
गाइदेउ गीत किन भाउ खाकी छौ,
कि मुख्मा पिँडालु राखिछौ,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।


Female:
हे,
भो भो कान्छा नगर आश मेरो,
त्यो दिलमा हुदैन बास मेरो,
पछ्यौरी.....
[पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर] ×2
हाय हाय फसाउन नखोज सोझी ठानेर।

Male:
हे यता सुन,
तीन तले घर सुनैको अम्ठी ,
भन ममा के चिजको कम्ती ,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।

Female:
हे
नलाउ फुर्ती सुन चाँदी धनैको,
तिमी राम्रो छैनौ रे मनैको,
पछ्यौरी.....
[पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर] ×2
हाय हाय फसाउन नखोज सोझी ठानेर।

Male:
हे,
मनको सफा रुपको नि ठिकै,
अन्त कहाँ पाउली जत्तिकै,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।


Female:
राम्री देखे नजरले हान्छौ,
आफू जस्तो कोइ छैन भन्ठान्छौ,
पछ्यौरी.....
[पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर] ×2
हाय हाय फसाउन नखोज सोझी ठानेर।

Male:
राम्रो मान्छे भेटाउँली जहाँ नि,
भेटाउँदिनौ मैले झै चाहानी,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।

Female:
मिठो बोल्यौ पगाल्यौ मनका,
कति माया गर्छौ भन ,
पछ्यौरी.....
[पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर] ×2
हाय हाय फसाउन नखोज सोझी ठानेर।


Male:
हे मुना मदन पढ्या छौ,
हे,
कस्ता थिए मदन मुना,
गर्छु माया त्यो भन्दा गुना,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।

Female:
हा,
सोचे हौला सजिलै मान्छ,
कुन फिलिमको Dialogue हो कान्छा,
पछ्यौरी.....
[पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर] ×2
हाय हाय फसाउन नखोज सोझी ठानेर।

Male:
हे पत्याउदैँनौ
किताबको चलचित्रको,
साँचो बोल्छु यो मुटु भित्रको,
गल्बन्दी.....
[गल्बन्दी च्यातियो तिम्ले तानेर,
बोलाउन खोजेको आफ्नै ठानेर] ×2
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।

Female:
हे,
गाउँदा गाउँदै आज रात बित्यो,
मिर्मिरेमा मायाले मन जित्यो,
पछ्यौरी.....
[पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर] ×2
हाय हाय फसाउन नखोज सोझी ठानेर।

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts