Tara Bolna Mann Lagcha Lyrics | KHOLA PAARI Lyrics Aayush Yonjan
खोला पारी माया तिमी
मेरो बाच्ने आधार तिमी
दिन होस् या रात भरी
तर बोल्न मन लाग्छ
कुरा सोध्न मन लाग्छ
मन एक्लै हुदा त झन
तिम्लाई नै सम्झन्छ
मनले ठाउँ छोडी कहा गयो
गुम्सिए अप्ठ्यारो भयो
सुनिदेउ यो भित्री व्यथा
स्वार्थी मेरो बाचा थियो
कसरी यो कुरा बुझाउ
वर्तमानलाई अघि बढाउ
सोचेर बसि
अब जाने भए जाउ
फर्की नआउ
तिम्रो मायाको काँडा मलाई
बिझाइ नजाउ
सोची बस्नेछु म
हाम्रो पहिलो दृश्य
कहिले पिडा बन्छु
दिन एक्लै बिताउँ
सुनी बस मेरै गायिकी
आत्माले तिम्लाई झस्कायो की
आफ्नो सारा सुख छाडिदिए
वैकुण्ठको बाटो पर्खी बसे
गल्ती सबैबाट हुने गर्छ
मेरो आधी उधी भइदिगयो
कुरा सम्झी तिमी फर्की हिड्नु
घृणा दोषलाई छाडी अघि बढ्नु
अब स्विकारी देउ
प्रस्ताव मेरो
सबै ठिकै ठिक भो
दिन संगै बितेको
तिम्रो याद आउनेछ
मलाई सताउनेछ
मेरो आँखाको
नानीलाई तड्पाउनेछ
No comments:
Post a Comment