Dhalkera Jala Umera Lyrics Manila Sotang and Udaya Sotang
[ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है।
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा।
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा।]...२
हो…. ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
लाग्छ मलाई तिम्रो मुहार, नबिसाई हेरिरहुँ।
जुनीजुनी नछुट्टीई, संगसंगै बाँचीरहुँ।
अजम्बरी फूलहरुमा, तिमीलाई पाईरहुँ।...२
हासीहासी पिरतीको, फूलमाला लाईरहुँ।
ढल्केर जाला, हो जाला, हो जाला।
ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
भरहुन्न जिन्दगीको, रहरहरु पुरा गरौं।
दुवै मिली संसारभरी, सिर्जनाको रंग छरौं।
भोलिहरु बिर्सिएर, जे जे गरौ आजै गरौँ।...२
हतारोमा हुन्न जीवन, होश राखेर अघि बढौं।
ढल्केर जाला, हो जाला, हो जाला।
ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है।
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा।
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा।
ढल्केर जाला, हो जाला, हो जाला।...२
No comments:
Post a Comment