Ek Din Maile Prabhu Sanga Sodhe Lyrics Bhakta Raj Acharya
आ... दिन मैले प्रभुसङ्ग सोधेँ कसरी शान्ति मिल्छ??
(कस्तो कस्तो कर्म गरे पछी)-2
(प्रभुको दर्शन मुक्ति मिल्छ)-2
सत्कर्म नभै चित्त शुद्ध हुदैन
चित्त शुद्ध नभै सन्तोष हुदैन
सन्तोष नभै मन स्थिर हुदैन
मन स्थिर नभैकन शान्ति हुदैन
एकदिन...
मोह बासना क्रोध नगैकन कर्म ज्ञान र भक्ती हुदैन
महाज्ञानको तेस्रो आँखा नखुली जिवको मुक्ति हुदैन
एकदिन...
(अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन )- 2
छ्म छम इश्वर भित्र ननाची शब्दब्रम्हको नाल हुदैन
एकदिन...
शब्दब्रम्ह्को नाल नभैकन ज्ञान बुद्धिको मेल हुदैन
ज्ञान बुद्धिको मेल नभैकन - 2
महाज्ञानको उदए हुदैन
एकदिन...
महाज्ञान को उदए नभैकन जीव यो करदम बन्दैन - 2
हरदम करदम नबने सम्म - 2
हरिहरको दर्शन मिल्दैन
एकदिन मैले प्रभु सङ सोधे कसरी शान्ती मिल्छ
कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ
प्रभुको दर्शन मुक्ति मिल्छ
एकदिन मैले प्रभु सङ्ग सोधे...।
No comments:
Post a Comment