Sayarem Lyrics Rajesh Payal Rai, Minchama Rai
राजेश : सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
घामको न्यानो धरतीको सायारेम
मान्छेको न्यानो हृदयको सायारेम
मुलको माया समुन्द्रै सागरको
मेरो माया हजुरको
घामै कसम हजुरको, जुनी जुनी हजुरको ।
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
मिन्छमा :
घामको न्यानो धरतीमा सायारेम
मान्छेको न्यानो हृदयमा सायारेम
मुलको माया समुन्द्रै सागरमा
मेरो माया हजुरमा
घामै कसम हजुरमा, जुनी जुनी हजुरमा ।
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
*****************************************
मिन्छमा :
खोला भई बगिजाँदा सागरको लहर हौ - सायारेम
आँधीबेरी चल्दाखेरि छेकिदिने पहरा हौ - सायारेम
राजेश :
जिन्दगीमा तिमी के आयौ
हरियाली बहारै ल्यायौ
अँधेरो रातमा उजेलो भएर
लाखै छ धन्य, पहरै छायौ
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
... ... ...
होइ होइ होइहोइ हा, हैया हैया है है हा
होइ होइ होइहोइ हा, हैया हैया है है हा
मिन्छमा : साय साय ! साय साय !
साय साय ! साय साय !
.
कैले बर्खा, कैले हिउँद प्रकृतिको याम यस्तै - सायारेम
दु:खसुख, आँसुहाँसो, जिन्दगीको नाम यस्तै - सायारेम
राजेश
उँधौलीमा बेँसी मैदान हौ
उँभौलीमा मुलै मुहान हौ
ओराली झर्दा खोला र नदीझैँ
उकाली चढ्दा शिरै हिमाल हौ
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
No comments:
Post a Comment