Aakash Lyrics Ujjawal Sagar
सपना भरिएका आँखामा
आँसु भरिन नदेउ ।
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ ।
सजिलो हुन्न शिखरको यात्रा
सोची सम्झेर पाइला बढाऊ ।
तिमी नै हौ तिम्रो ऊर्जा, कमजोरी
समयलाई दोष नलाऊ ।
आफ्नो कथा तिमी आफैं लेख
त्यसै कोरिन नदेउ
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ ।
धेरै छन् बस्ने बहाना हरू
टाढा छ तर पुग्ने ठाउँ
जोखेर किन जिउँछौ जिन्दगी
दुइ पल न हो, तिमी रमाउ ।
दुइ पल न हो, तिमी रमाउ
सत्यको बाटो सरल छ जीवन
अन्तै मोडिन नदेऊ
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेऊ
No comments:
Post a Comment