Laxmi Prasad Devkota – Chara Ko Bhajan
क.
पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा !चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा
यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा
उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा,उक्लन्छौं कहिले, लच्कन्छौं कहिले पङ्खका प्रयासमा,गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा ।