हे बरै
दशै धारापु नरोए अामा
बाँची पठाम्ला तस्बिरै खिचेर
कारिम लला ठैमलाउ हजुर
हे बरै
सबैका याम्छ्न् लौ सबैका जान्छन्
हाम्रा त याम्दैनन् र ?
कि हाम्रा छोरा नि धावैमा परे
कि बिदा पाम्दैनन् र ?
हार्विलिन बाजा नि हातको भरमा
रेश फेरम केलई म र ?
राजाको हुकुम लौ नपाईनि छुट्टि
भनेको बेलैमा र
धराती चिरी नि बास लियो
बाँसको छोरा तामा र
दुश्मुनका गोली नि शिरैमा लाउँदा
सम्झ्यो बाबु आमा र
असिना जस्ता नि गोलिले
रनमा परीत मोरिछन लागुरे
विरहले ति लागुरे दाइ
ख्याल मायाले घरीम हजुर
हे बरै
अामाली सोध्लिन नी खै छोरा भन्लिन्
रजहै खुल्यो भन्दिए
बाबाली सोध्लान नी खै छोरा भन्लान्
रन जित्दैछम भन्दिए
दाजैली सोध्लान नि खै भार्इ भन्लान्
अंशै बढ्यो भन्दिए
भाइले सोध्लाननी खै दाजै भन्लान्
घेरामा परे भन्दिए
दिदीले सोध्लिननी खै भार्इ भन्लिन्
चोली घट्यो भन्दिए
बैनीले सोध्लिननी खै दाजै भन्लिन्
माइती घटे भन्दिए
छोराले सोध्लाननी खै बाबा भन्लान्
टोपी झिक भन्दिए
छोरी ले सोध्लिननी खै बाबा भन्लिन
सुन चुराको दान दिए
प्रियाले सोध्लिननी खै स्वामी भन्लिन
बाटो फूक्यो भन्दिए
भाउजुले सोध्लिननी खै देवर भन्लिन्
खसी काट भन्दिए
साथीले सोध्लाननी खै लाहुरे भन्लान
माया मार भन्दिए
बटौलीकु बजारैम
चार पैसाकु ला'छैन
शिरकु स्वामी स्वर्गे हुँदा
घर बस्नीलाई था'छैन
शिशै काट्यो गोलिले
रनमा परीत मोरिछन लागुरे
बाबा रुन्छन् लु बर्षा दिन
आमा जुगै भरी लु हजुर
No comments:
Post a Comment