Showing posts with label bhanubhaktaacharya. Show all posts
Showing posts with label bhanubhaktaacharya. Show all posts

भानुभक्त आचार्य – प्रश्नोत्तरमाला

भानुभक्त आचार्यप्रश्नोत्तरमाला

अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण् कुन् मलाइ याहाँ ?चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ मुख्य नाऊ ।।१।।

भानुभक्त आचार्य – कान्तिपुरी नगरी

भानुभक्त आचार्यकान्तिपुरी नगरी

चपला अबलाहरु एक् सुरमा,गुनकेसरिको फुल ली शिरमा।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

भानुभक्त आचार्य – वधु शिक्षा

भानुभक्त आचार्य – वधु शिक्षा

प्रस्तावना
एक थोक भन्छु मान्नु दुःख हे मित्र तारापति
तिम्रा जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै
भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।

भानुभक्त आचार्य – बालाजि

भानुभक्त आचार्य – बालाजि

यति दिन पछि मैले आज बालाजि देख्याँ,पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।।

भानुभक्त आचार्य – भक्तमाला

भानुभक्त आचार्यभक्तमाला

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।।

भानुभक्त आचार्य – म भानुभक्त

भानुभक्त आचार्य भानुभक्त

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,तिन्को नाति भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया।।

भानुभक्त आचार्य – रोज् रोज् दर्शन पाउँछू

भानुभक्त आचार्यरोज् रोज् दर्शन पाउँछू

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा छु।
लामखुट्टे उपियाँ उडुस् सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् उपियाँ नाच्छन् हेर्छु बसी।

भानुभक्त आचार्य - एक् मन् चित्त लगाइ चाकरि गर्याँ

भानुभक्त आचार्य - एक् मन् चित्त लगाइ चाकरि गर्याँ

एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।

भानुभक्त आचार्य – ख्वामित् यस् गिरिधारिले

भानुभक्त आचार्यख्वामित् यस् गिरिधारिले

ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,मेरा श्लोक् सुनिबक्सियोस् झगडा छीनिन्छ पाऊ-पर्याँ।।

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts