Dashain Aayo Tihar Aayo Lyrics - Astha Raut
दशैँ आयो, हो, तिहार आयो
(आहै, आहै लैबरी, आहै)
हे, दशैँ आयो, हो, तिहार आयो
झिलिमिली टीकाले निधार चम्कियो
झरी गयो है, हिउँद आयो
मालश्री र देउसी-भैलो, गाउँघर घन्कियो (हा, हा, हा, हा, हा, हा, हा)
आहै, गाउँघर घन्कियो
आहै, गाउँघर घन्कियो
आहै, गाउँघर घन्कियो
चरी-बर्खे मिलोस् कि दुखिया जीवनको
लिङ्गे-पिङको सररर, रोटेपिङको फन्को (आहै, आहै, आहै)
Hmm, चरी-बर्खे मिलोस् कि दुखिया जीवनको
लिङ्गे-पिङको सररर, रोटेपिङको फन्को
नाना थरी फूलै फुले बाटो तलमाथि
घर-देशमा फर्किँदै छन् परदेशीका ताँती
आहै, गाउँघर घन्कियो
आहै, गाउँघर घन्कियो
आहै, गाउँघर घन्कियो
आफन्तको भेटघाट जम्मा भई दमाली
ठूला-साना ठाँटिएर माइती रमावली (आहै, आहै, आहै)
है, आफन्तको भेटघाट जम्मा भई दमाली
ठूला-साना ठाँटिएर माइती रमावली
अप्सराको धर्ती हाम्रो, देउताको देश (आहै लैबरी, आहै लैबरी, आहै लैबरी, आहै लैबरी)
सहिष्णु र समावेशी संस्कृति छन् बेस
आहै, गाउँघर घन्कियो
आहै, गाउँघर घन्कियो
आहै, गाउँघर घन्कियो
No comments:
Post a Comment