Lukaamaari Lyrics - Sajjan Raj Vaidya

Lukaamaari Lyrics - Sajjan Raj Vaidya


मायालु, खै के भनूँ?

लुकामारी खेल्छन् मेरा

बोली सबै लजाउँदै

ती आँखाले जिस्काउँदा


बयान कति गरूँ?

ओइलिएलान् शब्दहरू

यी होठले ती होठलाई

रङ्गाएर भन्छु बरु


मायालु, तिमीलाई माया गर्छु

तिमीसँगै बाँची अब

तिमीसँगै मर्छु


माया, तिमी नै भन

कहाँबाट ल्याउनु अब

उपमा नयाँ-नयाँ

तिमीलाई बुझाउन


बयान जति गरूँ

अपुग छन् लबजहरू

यी आँखाले ती आँखामा

नियालेर भन्छु बरु


मायालु

तिमीलाई माया गर्छु

तिमीबिना बाँचिसकेँ

तिमीसँगै मर्छु


सुस्तरी, सुस्तरी

बिलाई जाऊँ पनि

मेरा बोली सरि तिमीमै

सुस्तरी, सुस्तरी

बिलाई जाऊँ पनि

मेरा बोली सरि तिमीमै


सुस्तरी, सुस्तरी

बिलाई जाऊँ पनि

मेरा बोली सरि तिमीमै


बोली बोली हो

तर कहिलेकाहीँ

त्यै बोलीमै भनिदेऊ मलाई


मायालु, तिमीलाई माया गर्छु

तिमी भेट्नै बाँची बसेँ

तिमीसँगै मर्छु

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts