Hawaijahaj Lyrics - Sajjan Raj Vaidya

Hawaijahaj Lyrics - Sajjan Raj Vaidya


हवाइजहाज लाखौं चढी आउँला

बाटै नभए समुन्द्र तरी आउँला

थाहा छैन कसरी, जसरी, त्यसरी आउँछु

मेरो मन तिम्लाई अंगाली नै बुझाउँछु

Ooh-oh, oh-ooh, ooh, whoo


धेरै गरे प्रयास तिमीलाई भन्न

मेरा भावना शब्दहरुलाई सिंगारेर


शब्दहरुलाई सजाएर

तर, बुझाउने तिमीलाई मैले शब्दहरुमा समेटेर

कसरी पाएँ खुशी, तिमीलाई मैले भेटेर

सकिँदैन, सम्भव छैन, तिमीलाई अङ्गालेसम्म मैले

आउँनेछु त्येसैले हवाइजहाजमा


बिहान-बेलुका त्यहि एउटा सपना बोकी

तिम्लाई अंगालोमा राखौं एक चोटी

आज, भोलि भन्दै, गन्दै दिनहरुलाई

तिम्लाई देख्ने, तिम्लाई अघि बढाई ल्याउछु

Ooh-oh, oh-ooh, ooh, whoo


धेरै भैसक्यो तिमीलाई नदेखेको

मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको, हम्म

तर अब सामु नपरी, भन माया कसरी


बुझाउने तिम्लाई मैले शब्दहरुमा समेटेर?

कसरी पाएँ खुशी, तिमीलाई मैले भेटेर

सकिँदैन, सम्भव छैन, तिमीलाई अङ्गालेसम्म मैले

आउँनेछु त्येसैले हवाइजहाजमा


उडी-उडी आकाशमा हवाइजहाज चढेर

लडिबुडी बतासमा पाइला पाइला गनेर

तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु

तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु


उडी-उडी आकाशमा हवाइजहाज चढेर

लडिबुडी बतासमा पाइला पाइला गनेर

तिम्रो अनुहारको चित्र स्पर्शले बनाउँनु

तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउँनु

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts