Moti Ram Bhatta – Dinko Pachas Ta Ke

Moti Ram Bhatta – Dinko Pachas Ta Ke

मोतीराम भट्टदिनको पचास के


दिनको पचास के हजार पटक् कती समझाउनू
गरीबको घरमा हरे तिमीले यसोरी नआउनू


रिसमा थियौ कि खुसी थियौ, केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू


नत भनूँ, नत जा भनूँ यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज के भनूँ, कतिसम्म विन्ति चढाउनू


वय सोह्रको मन साठिको पो गजब ति प्यारिको
मुखको खाव चन्द्रको, ननिको मिस्सि लगाउनू


मनसुब पुग्नू परै रहोस् दरसन् पनि कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू


तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू


मणि हो भनूँ झल्कँने बिजुली भनूँ चंकने
आइना भनूँ टल्कने उपमा कसोरी जुराउनू


तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू


सुन है सबै हरिको हुकुम् हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति लाउनू

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts