Moti Ram Bhatta – Yeta Heryo Yetai Mera (Nepali Gajal)

Moti Ram Bhatta – Yeta Heryo Yetai Mera (Nepali Gajal)

मोतीराम भट्टयता हेर्‍यो यतै मेरा (गजल)


यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्‍यो उतै मेरा नजर्मा राम प्यारा छन्


यसो भन्छौ फल्फुल्मा उसो भन्छौ जल्थल्मा
जता हेर्‍यो उतै मेरा, नजर्मा राम प्यारा छन्


त्रिलोक चौधै भुवन् माहाँ प्रभु प्यापक जहाँ ताहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा राम प्यारा छन्


रसीलो रामको नाउ भजन् तिन्को सधैं गाउ,
दरस्मो हर्बखत पाउ दयालू राम प्यारा छन्


पियारा भै हरी मेरा सधैं मन्मा रहुन् डेरा,
सबै संसारले भन्छन् मातीराम प्यारा छन्


No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts