Siddhicharan Shrestha - Yugko Urdi

Siddhicharan Shrestha - Yugko Urdi

 सिद्धिचरण श्रेष्ठयुगको उर्दी

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !
असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ


जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई
गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई।


वडवानलले रोज्दछ सागर खोँच खोला रोज्दैन,
संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न


तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,
संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ छाती?


संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ
प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ


मानिस तैँले उठनै पर्छ, दु: संकट भोग्नै पर्छ
युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts