Traditional Swang Tribal Rain Lyrics
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा
सुर्यको किरण आँखामा पर्दा पनि
दिन बितेको थाहा थिएन
तिम्रो अङ्गालोमा
झुमी हिँड्छु आज पनि त
सम्झिन्छु त्यो न्यानो पल
तिमीसंग हुँदा, तिमीसंग हुँदा
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा
सम्हाली हिँड्छु म एक-एक पाइला
जिउन बिर्सेंको जस्तै हिजो आज
दोभानमा छुटेको खोला जस्तै
तिमीले छोड्यौ मलाई
मेरो संघर्शको दिनमा
साथ नदिनु सक्दा, साथ नदिनु सक्दा
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा
बचन र विश्वाश म केलाई भनु
आफ्नै मनले ढाटे पछी?
आज तिमी मेरो साथ भए त
सुनाउथे होला तिमीलाई
यो मेरो कथा
सुनाउथे होला तिमीलाई
यो मेरो कथा
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा
त्यही ब्यथा
No comments:
Post a Comment