Ma Chahi Nepali Lyrics Samriddhi Rai
[Verse 1]
आज कति भागमा फुट्यौं हामी?
जातकै कुरामा अल्झी जानी-नजानी
जब संसार मिलिजुली एकै हुँदैछ
"केटा कुन जातको मनपराईस्?"
"केटी कुन थरको तैले भगाईस्?"
किन यहाँ सबैलाई राज्य चाहिएको छ?
[Pre-Chorus]
को मतवाली, को बाहुन क्षेत्री?
के हामी एकै होइनौं र?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर
[Chorus]
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
[Verse 2]
मानिस ठूलो जातले हुन्न यहाँ
दिल नै ठूलो सबै थोक भन्दा
मुना-मदन आए गए, कसैले केही बुझेन
सगरमाथा कसको भागमा पर्ला फेरि?
बुद्ध बाड्ने कसको जिम्मेवारी
नेपाल, हाम्रो प्यारो देशमा
हिंसा अब चाहिएन
[Pre-Chorus]
को आदिवासी, को जनजाति?
के हामी एकै होइनौं र?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर
[Chorus]
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
[Refrain]
तिमी को हो, तिमी को हो?
तिमी को हो थाहा भएन
तिमी को हो, तिमी को हो?
तिमी को हो म चाहिँ नेपाली (म चाहिँ नेपाली)
[Bridge]
बरदान नै पायौं हामीले
सुन्दर यो हाम्रो देश
कति रमाइलो विविधताको रङ्गिन भेष
सानो राष्ट्र तर सपना विशाल बोकी
संसारै जित्न लम्किदैछ नेपाली
[Chorus]
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
No comments:
Post a Comment