Ma Dami Chhu Lyrics Samriddhi Rai

Ma Dami Chhu Lyrics Samriddhi Rai


[Verse 1]

magazine cover को model हैन

36, 24 खै के के पनि छैन

आँखा बाबाको, नाक आमाको पाएँ रे

गाला घटाए superfly रे

हिड्दा हरिण झै चाल छैन मेरो

भन्छन्, "केटा झै पारा यो के हो?"

ठूलो हाँसो मेरो रोकेर रोकिन्न

सर्वगुण सम्पन्न पनि देखिन्न


[Pre-Chorus]

तै नि

जे छु ठीकै छु


[Chorus]

दामी छु (-हो-हो), दामी छु (-हो-हो)

दामी छु (-हो-हो), दामी छु (-हो-हो)


[Instrumental Break]


[Verse 2]

गोरो मुलायम त्वचा मलाई चाहिँदैन

छालाले सुन्दरता मापन गर्न पाइदैन

बारुली कम्मर थियो अहिले नहोला

समयसंग बदलिने को होला?

कहिले चिटिक्कै पर्छु, कहिले आफ्नै तालमा

पर्नु छैन दुनियाको यो माया जालमा

नारी राम्रो सारीमा पक्कै हो

छोटो मेरो skirt की तिम्रो सोचाइ त्यो?



[Pre-Chorus]

तै नि

जे छु ठीकै छु


[Chorus]

दामी छु (-हो-हो), दामी छु (-हो-हो)

दामी छु (-हो-हो), दामी छु (-हो-हो)


[Bridge]

बाहिरी रुपमा तिमी नजाउँ

आखिर हेराको वस्त्र खरानी

खोटहरू होलान धेरै मेरा

अनि perfect नभए नि


[Pre-Chorus]

जे छु ठीकै छु


[Chorus]

दामी छु (-हो-हो), दामी छु (-हो-हो)

दामी छु (-हो-हो), दामी छु (-हो-हो)

दामी छु (-हो-हो), दामी छु (-हो-हो)

दामी छु (-हो-हो), दामी छु (-हो-हो)


[Outro]

दामी छु

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts