Bhupi Sherchan – Ek Kavita

Bhupi Sherchan – Ek Kavita

भोक लाग्योठिटोप्रति
गाँसको प्रबन्ध
बासको प्रबन्ध
तैपनि
बाँचेकै

हुर्केकै
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधै असङ्ख्य पाउमुनि कुल्चिएर
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान अनिश्चित भविष्यको अन्तरीक्षमा
बिना कुनै स्पेस सूट !
अक्सिजन मास्क सुरक्षित सञ्चालनको
तर
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
नयाँ सडकको पेटीमा
झुत्रो प्यारासुट ओढेर
यो शिशु
जन्मियो यिशुजस्तै
कुमारी आमाको गर्भबाट
बसेको अहिले
नयाँ सडकको पेटीमा
ल्याम्पपोष्टकोक्रसबोकेर
पुसको जाडो
रांै ठाडो हुने रात
उदास, उजाड, पूmटपाथ
एक कुनामा सिउरेर
सुतेको झुत्रो बोरा पुरानो अखबार ओढेर
अखबार जसको छातीमा छापिएका छन्
ठूलाठूला अक्षरमाबालदिवसका समाचार
मन्त्रीज्युबाट उद्घाटन,मिठाई पुरस्कार वितरण
तथा बालबालिकाहरुको प्रगतिको विज्ञापन
सुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चित भै सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार झुत्रे बोराका
लुगा पनि
झुण्ड्याइने छन्म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
त्यस बेला लेख्नेछ इतिहासकारले
उहिलेउहिलेको नेपालमा
दुई थरिका मानिस थिए
एक थरी
जो अखबारमाथि पल्टन्थे
हेडलाइनको सिरानी हालेर
महत्वपूर्ण खबर बनेर,अर्को थरी
जो त्यो खबरको न्यानो ओढेर
पुसमाघको जाडो काट्थे बेखबर भएर
उहिलेउहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts