Bhupi Sherchan – Madhyanna Din Ra Chiso Nindra

Bhupi Sherchan – Madhyanna Din Ra Chiso Nindra

अखबारकोवान्टेड कालम’ –मा
आफ्m्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,प्रत्येक जुलूस, सभा, भाषण
नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु

नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वासन
रेडियोघोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शब्द
नयाँ पेस्केलले नापिरहेछु
आफ्नो परिवारको आयु;प्रत्येक खाली सिटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैं गन्हाउँछ,आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको स्यूँदोसँग, सिन्दूर झस्के झैं लाग्छ
पत्नीले थालमा सधैसधै
व्यङ्ग्य पस्कभे m लाग्छ
एक युग बित्यो
आफ्नो बिन्तीपत्रजस्तो अनुहार बोकेर
भट्किरहेछु दरदर
पुगिरहेछु घरघर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,मलाई थाहा
यसपल्ट निदाएँ भने
फेरि कहिल्यै पनि बिउँझन सक्तिनँ
त्यसैले
झुसिल्कीराझंै ंै लाम लागेकाहरु ! नाराका अक्षरहरु !अरु जोरजोरसित नारा लगाऊ
उफ् ! निदाउन चाहन्नँ यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts