Bhupi Sherchan – Basanta

Bhupi Sherchan – Basanta

भूपी शेरचन – वसन्त

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझै आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,कागतपत्रहरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर

अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,ज्वरपीडित सूर्य सकी नसकी हिडिरहेछ आकाशमा
तुवाँलो भुवाको खास्टो ओडेर
झ्यालमा उभिएर एक्लै,म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु–यो कस्तो बसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो !यो कस्तो मुर्दा शहर हो !सडकका दुई किनारमा वसन्तको स्वागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आरुका रुखहरु,लावाका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैं
सङ्गीन झण्डाहरु हल्लाइरहेका पूmलका सानासाना बोटहरु
म हेरिरहेछु
देखिरहेछु
र सोचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैं
यो कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ ?या हर्षमा मुस्कान
आफंै, अनायास र अनजान,उफ् यो कस्तो वसन्त हो !जता हे¥यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिर बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्m्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
ग¥हुङ्गो रातो पूmल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो पूmल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरको मुखमा झुुि न्डएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दुस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त !खोई मानिसहरुले चोला फेरेको ?खोई घरहरुले बोक्रा फेरेको
खोई
खोई
खोई
म चिच्याउन चाहन्छु —खोई
तर खोई मेरो आवाज किन निस्कन्न ?के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटी खोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानांै
अब ममा कुनै उम्लाई छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ
पड्किसकेको सोडाको एक बोतल—एउटा खाली बोतल !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts