Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 004 – Birsi Birsi Sakinna

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 004 – Birsi Birsi Sakinna

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यो
आमाको ममता भुलेर कसरी माया मलाई गर्यो
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


ख्वै छोरीहरु छन् कता, गएँ, ख्वै माइती छन् कहाँ !प्यारा ! यति रहेछ भेट, टुहुरी हेरेर बस्नु यहाँ !’धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

गथ्र्यौँ दम्पति मृत्युका पनि कुरा माया सन्तोषमा
भन्थ्यौमैँ पहिले मरुँ हजुरको प्यारो यही काखमा !साँच्चै भाग्यवती सती हृदयकी सच्चा ! मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन
तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो रुप माधुरी धमिलिँदै जाला कुनै कालमा
जानेछन् अनि बिर्र्सदै गुन पनी यो बैगुनी विश्वमा
बिर्सि बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्यो
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts