Bhupi Sherchan – Dui Seta Kalila Hatkela Ko Parewa Timro Namaste

Bhupi Sherchan – Dui Seta Kalila Hatkela Ko Parewa Timro Namaste

कौसीमा उभिएर, लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा तिम्रो नमस्ते
दिनभरि

मेरो आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कौमार्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
सधैभरि
सधैसधै सधैभरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थंना
खित्काहरु भरिरहन्छ
कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेतो कलिलो हत्केलाको परेवा
तिम्रो नमस्ते

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts