Bhupi Sherchan – Sheet Yuddha Kaal Ka Bandarharu

Bhupi Sherchan – Sheet Yuddha Kaal Ka Bandarharu

हातमा फोहर लागेका
बाँदर सदा सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा
दुर्गन्धले निसासिन्छ

गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
आफ्m्ना अङ्गहरुलाई
बचाउने चेष्टा गर्छ
घृणित स्पर्शबाट आफ्नै हातको
अनि सफलताको चित्कार बोकेर
वनवन दगुर्छ
रुख, ढुङ्गा आदिमा हात पुस्छ
खोलानालाको पानीमा हात चोपेर
मुक्त हुन खोज्छ दुर्गन्धबाट
तर, प्रत्येक प्रयासपछि
हात सुँघ्दा दुर्गन्ध
झन् बढेको पाउँछ
अनि बहुलाझैं
रुख हाँगाहरुका सारा
फलपूmलहरु झार्दै
सुगन्ध स्वादलाई मेटेर
कम गर्न खोज्दछ आफ्नो
दुर्गन्धको प्रभावलाई
अन्तमा निराश भएर
कुनै ठाउँमा बसेर बर्बतापूर्वक
घोट्न थाल्छ आफ्m्नो हात
खस्रोढुङ्गामाथि
उसले ढुङ्गामा हात घोट्छ सुँघ्छ
उसले आफ्नो हात सँुघ्छ घोट्न
थाल्छ घोटि नै रहन्छ
तबसम्म
जबसम्म कि उसको हात बेकम्मा हुँदैन
शङकालु बाँदरको जब एकचोटि
हात गन्हाउँछ
उसले बगैंचालाई उजाड
आफ्नो हातलाई लुला बनाउँछ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts