Bhupi Sherchan – Raata Kathmandu Praata

Bhupi Sherchan – Raata Kathmandu Praata

बाग्मतीपारि स्याल, वारि कुकुरहरु कराउँदा
सशङ्कित पोथी कुखुराझैं
घिच्रो तन्काएर

हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
अन्धकारले तिनलाई डोकोभित्र छोप्छ
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
विष सर्दैसर्दै धरहराको टुप्पोनिर पुग्छ,गल्लीहरुका नसाभित्र रगत
कालो हुदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्प नयाँ सडक
सल्बलाउँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्लबल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट
बिउँझेर
बोली फुट्छ अनि स्तब्ध धाराहरुको
हाँस्न थाल्छन् उम्मुक्त झ्याल ढोकाहरु

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts