Bhupi Sherchan – Ho Chi Minha Lai Chithii

Bhupi Sherchan – Ho Chi Minha Lai Chithii

आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे« हिमालको छायामा उभिएर
तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर

अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धूवाँझै
बिस्तारैबिस्तारै उठेर
मेरो अगाडि उभिइरहेछ
तिम्रो बुढो पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर
मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला —‘लेते खोलातिमीजस्तै शान्त दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डीे पहराहरुले
आफुलाई भत्केको, भास्सिएको चोइटिएको पाउँछन्
मेरोलेते खोला’ ! ढुक्क छु
तिम्रो बाढीले पनि मिल्काउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बीचका सीमारेखाहरुले
मलाई तिमीसँग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना
यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी
त्यहाँ तिमीसँग छु
युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काइमा बेघर भएको छु
तिम्रो प्रत्येक पुलको टुटाइमा टुटेको छु
तिम्रो प्रत्येक गोलगोल मङ्गोल अनुहार भएकी
आइमाइको बेइज्जतीमा
मैले आफ्नी पत्नी दिदीबहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्धविहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भूको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमबर्षाको छिर्का
मैले आफ्नो धराहरामाथि परेको अनुभव गरेको छु
बमबर्षाका रातहरु
मैले पनि जागरणका ट्रेञ्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
बरिपरि मुढाहरु दन्किरहेको बेलामा !यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
तिम्रो सानो देशको ठूलो आत्माबाट
मैले आफ्नो सानो आत्माभित्र
एउटा ठूलो ज्योति सल्केको पाएको छु
हनोइमाथिको बम
शहरमाथि होइन, मान्छेमाथि बम हो, मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफुमाथि पड्केको भन्ठानेका छौं
मेरो कामरेड !मेरो हिमाल !मेरोलेते खोला’ !विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रुखहरु डढ्छन्
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउँछ
डढेलोपछि उम्रिने असङ्ख्य च्याउहरुजस्तै
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे«को छायामा उभिएर
प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
किरिया हाल्ने सामथ्र्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरीक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढाेंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts