Bhupi Sherchan – Pahiro Jane Pahad Muntira

Bhupi Sherchan – Pahiro Jane Pahad Muntira

अनिश्चित भविष्यको आशङ्कामय पीडा
खप्न नसकी
‘
थेलोडोमाइड’ खाएकी गर्भिणी रात
जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु
जब बिउँझन्छु म

छिप्पिन आँटेको जाँडको घैंटोजस्तो
उत्तेजित टाउको उचालेर
अनि हेर्दैछु —ताजा अखबार
चील र गिद्ध उडिरहेको आकाश
सिनुको गन्ध बोकेका,म गाड्छु दाँत टोष्टमाथि
र मिल्काउँछु एक टुक्रा दैलोको घामतिर
अनि घाम फैलिन्छ चाउरेको विश्वमाथि
बासी टोष्टमाथि पग्लिएको नौनी झैं
यसरी सुरु हुन्छ एउटा नयाँ दिन
यसरी सुरु हुन्छ अर्को नयाँ दिन
अर्को…..अर्को….र नयाँ दिन
हतार–हतार आउने र जाने
जुवाडीको खल्तीका नोटजस्ता चाउरिएका
असङ्ख्य नयाँ दिनहरु
घुमिरहेछ पृथ्वी
आफ्नो धुरीमा, निरन्तर
तर ‘रुलेट’ –को चक्काझै
जहाँ प्रत्येक व्यक्ति टन्न छ उत्तेजनाले
बेग्लाबेग्लै बाजीमा थापिएका सिक्काझैं
आकाश त्यही छ पुरानो
तर अब त्यहाँ
चुच्चोमा खर च्यापेर गँुड बनाउन लम्केका
गौथलीको साटोमा
उड्दछन् पचासौं मेगाटन बोकेका रकेटहरु
क्षितिज तिनै छन् घाम उदाउने र अस्ताउने
तर त्यहाँ अब थकित सूर्य पल्टन्छ
अन्तरद्वीपीय क्षेप्यास्त्रको सिरानी हालेर
यो के भयो एक्कासि मेरो विश्वलाई ?यो के भयो विश्वको ‘म’ —लाई ?किन सक्तिनँ म ‘स्कान अन र राक्स’ –मा
जलविहार गरेर आफ्नो जलनलाई मेट्न ?किन सक्तिनँ म आफ्नो कोमल भावनाहरुलाई कुल्चन
‘
लोलिटा’ — लाई जस्तै;किन सक्तिन म डुब्न,
‘
विथोवन’ र ‘मोजार्ट’ —को सिम्फनीमा
किन ट्रम्पेट र क्यारोनेटको मुख
हेर्दाहर्दे परिवर्तित हुन्छन्
तोप र बन्दूकहरुको नालमा ?आहा ! मलाई थाहा छ शान्ति कहाँ छ
शान्ति हेर ऊः त्यहाँ भेडासिङको चौबाटोमा छु
तर किन म शान्त हुन सक्तिनँ
त्यहाँ साँढे जुझाइको माझमा
घाँटीको दाह्रीमा उस्तरा चलाउन दिइरहेको मान्छेजस्तै !मेरो निम्ति त शान्ति
जँड्याहा जन्डो मान्छेको स्वास्नीको गर्भमा छ
आहा ! कति क्षीण छ मेरो आशा,हाम्रो आशा
एउटा कलिलो हँसिलो संसारको न्वारान गर्ने ।

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts