Bhupi Sherchan – Rikta Shayya Ko Sthan Bata

Bhupi Sherchan – Rikta Shayya Ko Sthan Bata

शय्याको भर्खर रिक्त भएको स्थानबाट
उठिरहेछ तातो बाफ
ठ्वाक….ठ्वाक….ठ्वाक
ठक…ठक…ठक्क

तल भ¥याङमा सुनिन्छ
टाढा गइरहेको
क्रमशः क्षीण भइरहेको
कसैको परिचित
तर असन्तुलित पदचाप
एकछिनको निम्ति वातावरण बेहोस हुन्छ
पुनः सुनिन्छ कोर्राको फटकार
बग्गीको खड–खड, घोडाको चित्कार
बाटोको ढुङ्गा र माटोको सम्मिलित हाहाकार
म भने शय्यामा पल्टिरहेर
निस्पन्द, निश्चल, शिथिल, चूपचाप
सोचिरहेछु मैले
के गरे —प्रणय कि पाप !पुनः सोच्छु —यो म के सोचिरहेछु
के यो मेरो सोचाई मात्र ? जिज्ञासा मात्र ?कि मेरो अन्तस्ले मसित लुकाएको पश्चाताप ?

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts