Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 003 – Euta Satya Katha Ma Bhanchhu

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 003 – Euta Satya Katha Ma Bhanchhu

यौटा सत्य कथा भन्छुदुइटा प्रमी थिए सुन्दर
मिल्दो दौँतर त्यो, उमेर पनि ता पाँचै थियो अन्तर
छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर
मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर


मस्र्याङ्गदीतटमा हिमालमनि त्यो संसार सानो थियो
उब्जाईकन खानु बाहुबलले त्यै एक मानो थियो
जोडी ढुक्कुर ती पहाडवनका छाडी घना छाहरी
लागे जागिर खान कान्तिपुरमा आएर डेरा गरी

जोधा हिट्लर रुण्डमुण्ड कटिमा बाँधेर जो नाच्तथ्यो
नौलो प्यार बसेर कान्तिपुरको सन्भ्mयालमा हाँस्तथ्यो
लाखौँ खल्बलदेखि दूर दिलको संसार आफ्नै थियो
केही दुःख थियो, परन्तु त्यसमा स्वीकार आफ्नै थियो

बेहानीपख सूर्यले शिखरमा सिन्दूर हालेसरि
आधारात सितारमा हृदयको आलाप थालेसरि
पैलो पीर्ति फर्किएर दिलमा संसार बिर्सेसरि
धर्तीमै अमरावती शहरको आनन्द सिर्जेसरि

खोज्थ्यो प्रीतम भन्न भन्नकतिकी राम्री तिमी छौभनी
लोलिन्थे तर मुस्कुराइ उसका आँखा उज्याला बनी
माया लाग्छभनूँ भनूँ सरि थिइन् लज्जावती ती पनि
आनन्दी व्यवहारमै हृदयका बोल्थे हजारौँ ध्वनी

लागेथ्यो अपराध झैँ हृदयमा आमा बा बिर्सिई
चाहेथे कति बार जान हरिया पाहाडमै फर्किई
नीला बादल उठ्तथे विरहको छाया उतारीकन
वर्षा तीन बिते, परन्तु कहिल्यै सत्तैmनथे छुट्टिन

छोरी भेट्न भनेर कान्तिपुरमा आमा स्वयं आइथिन्
हुङ्कारीकन कामधेनु वनको बाटो गरी आइथिन्
सम्झी तीज तिहार भाइ बहिनी, पहाडका छहारी
निस्किन् प्रीतमको निमित्त घरमा राखेर पानी भरी

सारा विष्णुमती पुगेर अडिए क्यै बेर आँसू पिई
बाबाको बुइमा चढेर दुइकी बच्ची उज्याली थिई
आँसूदार मुहार हेर्न नसकी प्यारा रुँदै फर्किए
टुक्री बादल चैतको पवनले दोटै दिशा बर्सिए

त्योे राती त्यसको थियो हृदयमा पहाड राखेसरि
एकै पर्वतपारबाट प्रियले रोएर डाकेसरि
दुःखी जीवन यो गरीब जनको, जुट्तैन केही पनि
पीठै खानु मिठो बसेर सँगमाफर्के नि हुन्थ्यो उनी

ओहो ! भोलि बिहान कान्तिपुरमा फर्किन् नभन्दै उनी
बा जानीभनि नानि रातभर नै रोईरही रे भनी
नारी, धन्य तिमी ! भुलेर दुनियाँ यै द्वारमा फर्किने
आफैलाइ पनी मिटाइ प्रियको यै प्यारमा अर्पिने

लाग्यो रे उनलाइ आज सँगिनी सम्पूर्ण नौलीसरि
उषा आदिम प्रातदेखि अहिलेसम्मन् सुनौलोसरि
रानी ! त्यो दिन फर्कियौ किन ? भनी सोधेन कैल्यै पनि
हुन्छिन् सुन्दर जूनमा हिमचुली अस्पष्ट जस्तै बनी

छाडीद्युँ कि यहीँ अगाडि कसरी मैले भनूँ यो कथा
हे दुःखी कवि ! पोखिदे हृदयको सम्पूर्ण आफ्नै व्यथा
यो दुःखान्त कथा सुनेर गहमा आँसू लिई भाग हे
फेरि जीवन पाइँदैन, प्रियको सामू क्षमा माग हे

हेर्नू विष्णुमती पुगेर बटुवा ! कालो त्यहीँ बालुवा
लप्कावाल बल्यो चितानल, जलिन् पाहाडकी पालुवा
चोला त्यो जलमा मिल्यो, गगनमा ज्वाला मिल्यो झल्झल
पोखी आँसु पखालिँदैन कहिल्यै मेरो डढेको दिल

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts