Bhupi Sherchan – Shahid Haru Ko Samjhana Ma

Bhupi Sherchan – Shahid Haru Ko Samjhana Ma

भूपी शेरचनशहिदहरुको सम्झनामा
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए

ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्‌को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता


मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए

हामीले खाने प्रत्येक गाँसमा रगत शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा धडकन शहीदको
हाम्रो खुशीको प्रत्येक पलमा जीवन शहीदको
पाउने थिएनौं खुशी तिन्‌ले छाडेर नगए

हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्न्ती गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तर झरेर नगए
बन्दैन मुलुका दुई-चार सपूत मरेर नगए

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts