Bhupi Sherchan – Bed Lamp

Bhupi Sherchan – Bed Lamp

भोरको उज्यालोमा उसलाई निभाएर
सधैसधै घरबाट निस्कन्छु
दिनदिनभरि
सूर्यसरि

यस क्षितिजबाट त्यस क्षितिजमा
भट्किरहन्छु
मानिसहरुको बीचमा
अनि जब रातमा घर फर्कन्छु
त्यहीँ त्यसरी नै
निभेर झोक्रिएर बसेको हुन्छ
जाग्छ मनको कुनै कुनामा
एक अव्यक्त माया
हठात् उसलाई स्पर्श गर्न पुग्छु
खुशीले धप्प बल्छ
मेरा कोठाकोबेडल्याम्प !’ मेरीधर्मपत्नी’ ! !’

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts