Bhupi Sherchan – Jwar Mukta Surya Jalan Mukta Akash Ra Tripta Taal

Bhupi Sherchan – Jwar Mukta Surya Jalan Mukta Akash Ra Tripta Taal

मैले पाएँ
नीलो निम्तापत्र
तिम्रा छालहरुको
बादलु कछारलाई क्षितिजमा
झुण्ड्याएरमैले

हाम्फालें तिम्रो जलमाथि
डुबुल्की मारँे तिम्रो
गहिराइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट ¥यौ तिमीले पनि
सम्पूर्ण मलाई आफुमा
आफुभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिएर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चन्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन्
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब अशान्त हुन्नँ
असन्तुष्ट हुन्नँ,कि स्पष्ट देखिरहेछु
तिमीभित्र मैले कुँदेको
मेरो आफ्नो प्रतिबिम्ब
चल्मलाईरहेको
मेरो आफ्नो छाया
सल्बलाइरहेको

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts