Bhupi Sherchan – Titara Battai Ra Bhakku Ka Rango Ko Santanharu Prati

Bhupi Sherchan – Titara Battai Ra Bhakku Ka Rango Ko Santanharu Prati

जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रबडका वनमा होस्
या नेफा लद्दाखका पराई लडाइँमा

ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई भक्कूको राँगोजस्तै
अरुको हाहा….हामा लागेर
अरुको थपडी नाराले जागेर
अरुको ख्वाएको जाँड कटले मात्तिएर
आयो गोर्खालीभन्दै
(
गोरु खाली बन्दै ! )युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने अभागिनी स्वास्नीहरु !ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
बूढाबूढीहरु !ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने तन्नेरी मान्छेहरु हो !ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ब्याहुली जेठीकान्छीहरु हो !खूपै सुहाएको तिम्रो छातीमा
तक्मापरम वीरचक्रभिक्टोरिया क्रसको
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध तिम्रा आफन्तहरुको लासको !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts