Bhupi Sherchan – Mero Chowk

Bhupi Sherchan – Mero Chowk

भूपी शेरचनमेरो चोक

साँघुरो गल्लीमा मेरो चोक
यहाँ के छैन? सबथोक
असङ्ख्य रोग ,केवल हर्ष छैन,

यहा त्यसमाथि रोक
साँघुरो गल्लीमा मेरो चोक
यहाँ के छैन? सबथोक

यो मेरो चोकमा
देवताले बनाएका मानिस
मानिसले बनाएका देवता,यी दुबैथरीको निवास
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
देवता उदास छन्
किनकी तिनलाइ यहाँ
कसैले पुज्छ कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक
यहाँ के छैन? सबथोक

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts