Bhupi Sherchan – Naya Barsha

Bhupi Sherchan – Naya Barsha

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर

भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक्
निस्तेज भई आकाश पल्टेको
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला-कुबेलाको वादलको गडयाङ-गुडुङ
आकाशलाई पखाला लागेको
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्यान्ह दिन
चर्को घाम
सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्षआएको
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा झुण्डयाउनु
फेरि एकचोटि
सँगी साथीहरुको सूचि बनाउनु
फेरि एकचोटि
भयानक बमहरु बोकेर, उडिरहेका हवाइजहाज
रकेटमुनि बसेर
लेख्नु प्रियजनहरुको नाममा
सफलता, शान्ति दीर्घायुको शुभकामना-पत्र

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts