Laxmi Prasad Devkota – Jwarshamana Prakriti

Laxmi Prasad Devkota – Jwarshamana Prakriti

भाग १
क.ज्येठको आज मध्याह्न बेला सुस्ताउँछ पवन—थाकेको श्रमझैं, लिनलाई दमझैं,छहारीमुनि बटुवासरि, स्थगित–भ्रमण
दुइचार काक हानिए पूर्व शीतलको खोजमा
निधारमा लिई संसारको जरो,छु आफ्नो गुँडको झ्यालको चरो,म पनि मनको हपहप मर्ने कुञ्जको शोचमा !

ख. दक्षिणी चुली नीलिए गाढा उपल्ला घेरामा !पाँच तह, बादल चाँदीका बुट्टा,उक्लेर सुस्त मौन र मस्त,उज्यालो हीरा भुवामा हाँसे, हिमालका दौरामा !खँदिला चुली बाफ भई उक्ली,चुलीमा चुली बाफ फुली, निक्ली,जीवझैं बढ्छन् नदेख्ने गरी, अकासे गौँडामा !सियाली छाया घामले छिरबिर दोरङ्गी डाँडामा !
ग.प्रकृतिदेवी काम गर्छिन् कहीँ नजरका घेरामा
बादल–पूmल लगाउन झूल पृथ्वीका डेरामा
कलिला करले मुसार्छिन् मलाई हावाले निधारमा,जुन वायु नीला वनबाट धाउँछ झोपडी किनारमा,कलिलो पर्श ! कलिली सँगी ! एतान्त गुल्जार छ !संसारको जरो रन्केको अब शीतल निधार छ !
भाग २
क.दक्षिणी थुम्को सङ्गीतले ढाकिन्, पानीको कुइरोले,एक पाखो पहाड शीतलमा डुब्छ,त्यसको चाख अरुमा खूब छ,शुभ त्यो सङ्गीत जलबिन्दु मधुर, शीतल वैरोले
सिन्धुको मीठो सम्झना सुन्छन्, वन र पहाड !आज छ चहाड, आज छ भेटघाट, जलमा मिलन,पीयूषपान, औषधिदान, सङ्गीत–भवन ।
ख.सुन्दरी कोही, सधैँकी बहार, अमित सुषमा,फुलका पाउमा चल्दछिन् मानो,रेशमी पोशाक सल्सलाई स्यानो,सिमलका मेरो तकिया सम्याई, मुसार्न शिरमा,हरियो मानो कार्चोबी बिछयाई, प्यारले ज्वरमा,बिरुवा जस्तै मलाई पनि सन्चोले लठ पारी,पर्शेर आँग, गीत गाउँछिन्, गुन्गुन, पछ्यौरा लतारी,होला कि चर्को रोशनी भनी, कागतले छेकारी,आदिम गाना गीत गाउन थालिन् धाईको गुन्गुन
पोशाक सरसर सुनेझैं लाग्यो ज्वर यो शमन ।
कलिलो हातले सम्याउँछिन् जीवन, पीडितमा जरोले !दक्षिणी शैल सङ्गीतले ढाकिन्, पानीको कुइरोले ।
भाग ३
क.उत्तरमा हेरेँ हिमालउपर बाफिलो हिमाल छ,शिरविन्दुतिर तान्नेको बादल लमतन्ने कमाल छ,चूपचाम ती छन् तन्केको लामा सूर्यलाई भेट्टाउन,सियाल हाल्ने कर्तव्य आफ्नो जगत्मा चुकाउन,
ख.ए ! साथी ! हाम्लाई सम्झाई कोही छ, बिरुवा ! चरो हो !घामले दुःखी ए पूmल राम्रा ! नबोल्ने कुरा हो !हप्केका घाँस ! दुःख र सुख सम्झने ए प्राणी !कसैको हेर ! करुणा छायो !पग्लन्छ, झर्छ, अमृत भई वर्षाले अश्मानी
दक्षिणी चुली–किनारा पर कोही दिल छ दयालु !उसकै सारा भावना छाए आकाशमा मयालु !
ग.पृथिवी तिम्लाई गर्मी छ, पख, स्वर्ग नै रुनेछ
ए जीव हो ! तिम्लाई ताप छ, पख, मलमले हुनेछ
ए रोगी तिम्लाई ताप छ, पख, मलमले हुनेछ
किनकि कोही लुकेर हेर्छ मायाले हुनेछ !
भाग ४
क.कुवेरका जुहार एक घरभन्दा आँखाका झलझल,वर्षाको मलाई एक मुट्ठी पीठो, अमृत सलिल
धनीकी छोरीको कटाक्षभन्दा, चपला झलक्क !स्वर्गमा बसी बादलमहल झिल्किने मिलिक्क !समाजको उत्सव, मिलनभन्दा, सिन्धुको सम्झना—बादलभरि लेखेका कोमल करुण भावना
झरीका जस्तो कहिल्यै हुन्नन् पृथिवी धनी रे !महफील हुन्न एकान्त जस्तो स्वर्गका मनि रे !विलास भन्नु डाँडामा बस्छ, पीरती पातमा
सुखका घडी भएनन् त्यस्ता
बिताएँ मैले अकेला जस्ता
प्रकृतिसाथमा !मानिसलाई दर्शाएँ दुःख, देखायो लाचारी
प्रकृतिलाई देखाउँदा मुस्किन्, माथलाई मुसारी
काँढालाई फुलले जान्दछिन् मार्न प्रकृति केवल ।।
भाग ५
झरनै लागे झोल्लेका बादल, साँवलो आकाशमा
शून्यलाई ढाकी भरेको मन लुकेझैं समाजमा !आकाशलाई कवि कल्पेर फैल्यो अबलाई गीत गाउँछ
वनले सुन्छन्, तृणले सुन्छन्, मन यो रसाउँछ
विशालबाट विशाल भाव विशालमा झुकेर,विशालतिर लैजान हाम्लाई आपूmलाई वर्षाउँछ
आफैं छ जल, आफैं छ खोलो, आफैं छ सागर,कसैको विशाल आत्माको छाल मलाई हुत्याउँछ
बालककालमा इन्द्रेनी लिई बस्दथ्यो आकाशमा,त्यसैले मलाई आँखामा पसी,कानमा पसी, मुटुमा बसी, गीत गाउन सिकाउँछ,गीतमा बसी संसारको ताप सकल गिज्याउँछ,पहाड, खाल्टा, मनका वन मुरली बजाउँछ !चिनेर उसको सुसेली बसेँ झ्यालको बतासमा !
भाग ६
क.मानिसको छानो आकाश जान, पहाड दीवार
मानिसभन्दा ठूलो छ मानिस, मानिसमा विचार
भँडार जसको प्रकृति सारा, हरियो खजाना,जसको जमीन बाँधिन्न कहीँ लिएर सिमाना !ऋतुको भाइ, बादलको सँगी, वायुको पियार,चराको साथी, वनको लाल, दिव्यको मुसार !
ख.चून र ईँट संसार होइन, गणित हिसाब
दिवस अन्धा, हृदय गन्धा
निधारमा हाम्रो संसारी जरो, कुत्सित स्वभाव !ए साथी ! सत्ते ! कोही काम गर्छ जिउँदो र मयालु
प्रकृतिदेवी इङ्गितबाट वञ्चित छन् नशालु
धनी छ आकाश, धनी छ धरा, धनी छ पहाड !हामीले भुल्यौँ हिस्सा है लिन उर्लदा चहाड !प्रकृतिदेशमा प्रवेश कम भो, कम भो बहाड !
ग.रोगायो मानिस गिरिवनबाट पुगेर सुदूर
आँखा र कान मुटुले हेर !संसार छिनछिन अद्भुत छ धेर !त्यै सबमा धनी, ली मानव जुनी, जो बस्छ सुनेर !बनाउँछिन् राज एक स्पर्शद्धारा प्रकृति मानिसलाई !अद्भुतको संसार मुटुले खोल,गरीब छु भनी नरोऊ मानिस ! निन्देर आफुलाई !
घ.सहस्रकोटी सागरका मोती गीत गाए झरर !विफलताका हज्जार ज्वाला मारेर सरर !बादल भुवाले मलम लाए छातीमा चरर !निधारको जरो शीतल भो, आत्मा आँखामा बरर !गरीब मानिस सम्झेर रुन्छु हर्षले दुःखी भै,यो धन बाँड्न मन लाग्छ मलाई समाजमा हरर !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts