Laxmi Prasad Devkota – Pitri Bilap

Laxmi Prasad Devkota – Pitri Bilap

(नेपालमा वायुयान–दुर्घटनामा परेका बालकहरुको)
क.दउगका तारा ! बाबा ! बाबा !कलिला, उज्याला सुनगाभा !पृथिवी झरेका स्वर्गका पूmल !हाय ! गयौ नि ! हाय ! निभ्यौ नि !वायुयानको दुर्घटनामा, फुस्की सानो कील, चुकुल !त्यो चुकुल हो ! विधिले ठोक्यो हाम्रा मुटुमा, हाम्रा मुटुमा !जीवनभरको शूल, हरे ! जीवनभरको शूल !

ख.वेदना भै, अतिशयिताले आफ्नै, मूक !जीवन बन्दछ क्षण–क्षण सिङ्गो, क्षण–क्षण टुक !सिङ्गो बन्दा सचेतता नै तर्सी उठ्छे निशासी !टुक्रा बन्दा, कणी, कणी छौँ, ताता जलका,मुटु–वासी !दिइरहेछौँ अँजुली, पलपल !स्वर्गमा तिम्रा कञ्चन आत्मालाई बाबा ! शान्ति मिलोस् !नित्य, अटल !
ग.वज्र चट्क्यो ! आगो सल्क्यो !आशा–उपवन भयो सखाप !भस्म ढेर भो कोमल कुड्मल—
—
हरुको किरणमुखी, कलकल,चञ्चल, सुगन्धी उछलाव !ध्वस्त, ध्वस्त, प्रणष्ट भयो अशोकवनझैं जीवन हाय !विस्फोटित विधु, प्रलायान्त, विखण्डित,छरिई, खण्डहर पृथिवी जननी,उर–दग्धाको कृष्ण सतहझैं
हरीतिमा–मृत अस्तित्व छ हाय !कस्तो गरेछौँ अघि हा ! पाप !
घ.विविध जुहारका धनी थियौँ जो
राजारानी रङ्क भयौँ !तातो पानी, पङ्क भयौं !राजसी ए ! पूmलबारीका स्निग्ध हातका मृदुल सिहार !सुकुमार !दृग–किरण खुशिला !प्राण–पवनका स्पर्श–हँसिला !शवनम–रसिला !उच्छाल–उज्याला, मन लहरीमा !कोमल–दार !घुँक्का, सम्झी, बिउँझी उठ्छन्,यी वन गिरिले देख्न नपाउने,स्फटिक तालले राख्न नपाउने,दिनले फेरि देख्न नपाउने,तिम्रो अकुटिल, देव–मुहार !झलमल, झलमल स्मृतिको किनार !अतट छ हाम्रो ! दुःखको यो
तूफान–विघूर्णित पारावार !
ङ.मुस्कानहरुझैं दृग–जलले
पोषिएका, कुड्मलले,जल्नुप¥यो नि ! बाँच्छौ बोट
उल्टो विधिको हात हरे !कम्र्मको खोट !
च.मातृभूमिमा चुम्दा, चुम्दै, स्वर्गले झिल्की बोलायो !क्रुर स्वर्गले ! क्रुर स्वर्गले !पृथ्वी, लायक छैनन्, तिम्रो
निम्ति, भनेको होला यो !
छ.ठक्कर खाँदा, तस्र्यौ होला ! बष्र्यौ होला ! ए लाचार !हाली अँगालो रोयौ होला, आत्ती, आत्ती,पसिना–धार
क्रन्दी, देख्दा,धूलो, बबन्डर हाहाकार !
‘
आमा’ करायौ ?वा, ‘हे भगवन् ! विश्वाधार !’मृत्यु, कथाझैं दूर, कुइरोझैं,आगोको ली भीषण मुख तब
पेट्रोल–टङ्गीबाट उठेर,गज्र्यो होला, आखिरकार !बाबा ! बाबा ! मुटुमा फुट्छ भक्कानो नि ! सम्झी सम्झी
तिम्रो दशा, सुकुमार !काँढाले तक नकोरिएका, बालक, कोमल, हीनाधार
काल भनेको नसुनेका, कथा गुनेका,पृथिवी दुःखी नचिनेका !कमिलाका फुल चाँवल खाने, कोमल करले बिनेका !कसरी सम्झौं ? मुटु फुट्छ !पागल चिच्यावट उठ्छ !अविरल धारा जल छुट्छ !
ज.बाबा ! बाबा !हावाहरुले, हुइँहुइँ गर्दा, तर्सन्थ्यौ !लुटुक्क काखमा निहुरन्थ्यौ !यस छातीमा बाहिरी जग नै, आँखा चिम्ली,बिर्सन्थ्यो !स्वपनामा पनि रुप भयानक,देख्दा, तिमीहरु तर्सन्थ्यौ !तिम्रा स्वपना मीठा पार्न,हामी निशिमा चुम्बन दी, दी,स्नेह अगाधले निहुरन्थ्यौ !सुते, बराबर बिउँझन्थ्यौँ
खेल बीचमा, हलुका इच्छा कुँडिँदा तिमी जब
चिर्रन्थ्यौ !हामी, मुटुमा थर्री, थर्री,दगुरन्थ्यौँ !चुपचाप कस्तो म्वाइँ दिन्थ्यौ ! लिन्थ्यौ !बाबा ! बाबा !हामी अभागीहरुको होश र सेवा पुगेन !नत्र तिमी किन बिर्सन्थ्यौ ?
झ.सम्झ्यौ मुमा वा ! सम्झ्यौ बुबा वा !डग्दा डगमग जग–जग, देही
गर्दछ आमा–बाबु याद !लाचारीमा अन्धताले राखिरहिथी,बाबा ! बाबा !बाबु र आमा, दुवै अभागी !चिम्लनलाई आँखा विधिले,झुठा आशाको दी नाद !हा ! लाचारी हा ! लाचारी !सर्वस्व दिनै पनि इच्छुकहरुको भारी !लाचारी !—मानव–पितृको, यस पृथिवीमा, विधिका सामु
अत्याचारी !कुन भाषाले गर्दछ जारी ? —लाचारी !रुन्छन् यहाँ ती, चिरिँदा, धाँजा,कलेजा, कलेजा बटारी !कँटिली छन् यी, मटिली छन् यी, हुँडिली छन् यी पृथिवी !फूल झरेका थोत्रा रुखहरु रुँदै खडा छन् यिनमा,वज्रपातका दुर्दिनमा !पर्वत–छातीमा खत छन् बाबा !घाउ घाउ छन् भूतलभर !केवल जलले अविरल गाना गर्दछ खोँच बनाई !नागिनीले उरमा डस्छे आकाश पिताको हाई !निधार ठटाई, घोप्टी हेर्दछ जगलाई !जलका आँखा, जलका आँखा मात्र जुझ्छन्
डबकाई !प्राण रुन्छन् यिनका, मँडरी,बालविहतझैं, क्रन्दनमा !हावा यिनका यहाँ ई !ज्वालामुखीका लाभामाथि, पृथिवी, ज्वलिता अन्तरमा,हरीतिमाले मुहार सिँगार्छिन्,फूल उमार्छिन् ! बाबा !मृगशावक सब बाघ बिचेत छन्
लिँदा खुशीका उफ्राइ !भीषण बघिनी विधिले
हाय ! चबाई तिमीलाई !
ञ.ए पेवुलका जल–बुलबुल, चाँदी–रसना चञ्चल !बाफ भयौ !वरदान बनीकन आएथ्यौ !श्राप भएर गयौ !
ट.हाय ! तिमीहरु आमा भएनौ !हाय ! तिमीहरु बाबु भएनौ !पितृवेदना, वियोगबीचमा,सहने छैनौ, सहेनौ !आँशुका घुट्का भाषाविनुका कहिल्यै पिएनौ !पिएनौ !आमाबाबु हुनको पीडा, स्नेहवेदना, नभको, भुको,बुझेका थिएनौ, थिएनौ !मुस्की नयाँमा ।
फुस्की बास्ना ।।
जिस्की हवामा ।
पृथिवीलाई सुख–उपवनझैं चहारी, विहारी तृप्त थिएनौ !जादूजाली डाली जगमा, चिन्ता लेश लिएनौ !इन्द्रेनीको राज्य भनीकन, कुलिश–सचेत रहेनौ !नख चञ्चुलोहिता प्रकृति न देख्यौ, बाज न, गिद्ध न, बाघ न,चील !श्याल न, सर्पको विल !प्रौढहरुको मम्र्माहत दृग जलको जहर पिएनौ !बिपना, स्वपना सँगसँगै चाल्यौ !तोतेली स्वर्गमा पृथ्वी ढाल्यौ !शूल छिपाई मुस्किन लायौ हामीलाई !सुख मान्न सिकायौ हामीलाई !करको कोमल शीतलताले मलम लगायौ प्रौढहरुको
ब्रणलाई !शान्ति बनायौ रणलाई !आशावादी मरणहरुलाई !तर हाय ! तिमी नै अन्तध्र्यान !तारा–ज्यान !काँप्दछ हाम्रो प्राण, काँप्दछन्
हाम्रा आशा, हाम्रा ज्ञान !असह्य हुन्छिन् पृथिवी फेरि, अनल समान !अनल समान !
ठ.पाएनौँ नि प्यार यथेष्ट गर्न तिमीकन,रत्नहरु !विफल भए सब शुरुदेखिका, प्राणहीन छन्
प्रयत्नहरु !तर्साउने यो घर भो ठूलो आकाश छद !छाया सारा,मानिस, बस्ती, वस्तुहरु !दुई आँखा छन्, नखलिस्तान, शेष रसका याद भल !सन्नाटा अब गर्दछ बास,जहाँ देवदूतको मीठो खलबल !
ङ.तस्वीरमा छौ !एक छिनको तिम्रो जीवन झलकिन्छ !निमेष जहाँ एक छायामाथि
उड्दा, उड्दै अडकिन्छ !केवल गह यो डबकन्छ !बोलन ! बोल ! मौन छिचोल !मधुर अधर ती खोल
रोउन ! हाँसन ! चलन ! ए ! उछलन !ढल्कन ! डोल !पलक उचालन ! पलक ओरालन !ताजूबीले चौडा आँखा पारन !खोलन ! खोल !अथवा रोउन, इच्छा कुण्ठित,आँशु झार ए अनमोल !तोते कुराले
कम्प अनिल अलि !बदलन मुद्रा ! मुख खोल !अनन्त निद्र आई छोपी
आह ! तिमीकन !सुत्छौ निश्चल, शब्द न सुन्छौ !सकल अबोल !
ढ.वेद स्नेहका ! सत्यका रक्षक !जगताधार !कोमलताका लताका पुष्प !बिस्र्यौ आमा, बिस्र्यौ बाबु,बिस्र्यौ संसार !
ण.कोही बच्चा कराइरहेछ झप्रोमा त्यो नजीकमा !सारा बच्चाहरुमा घुसीकन बोलिरहेछौ ए बाबा ?बाँचिरहेका बच्चाहरुको सामूहिक एक आत्मा गर्छ,
“
आमा–बाबु !” पुकारा !एक झझल्को, एक छचल्को जलको,आँखाको यो फाँद बनाई पृथिवी ढाक्ने
अरु बाबाका, अरु आमाका,हृदयहरुमा हृदय घुसाई, हामीलाई,गर्छ विचित्र, दिलामा सदृश,अन्तिम एक इशारा !
त.आँखाका जल खोज्दैछन् अझ, ढुँढ्न तिमीहरु, झर्दै छन् !बच्चा गुमेका आत्मा चरी दुई प्रश्नले जग भर्दै छन् !रातका आँखा कोर्दै छन् !पृथिवी हुन् यी कस्ती डल्ली ? के हो यो संसार ?नाशपाती घुमाइरहेछन् ज्योतिहरुले किन यी हजार ?कसरी आउँछ, कसरी हराउँछ,मानव कोपिला, बास्नादार ?आकाश बनाई ढकनी नीलो,कसले छोप्दछ , किन संसार ?
थ.छैनन् मरेका भनन ! ए तारा !तिमीझैं सारा सुन्दर थिए !ज्योतिका मीठा मन्दिर थिए !छन्, छन्, ती छन् !लुगा फुकाली, नाङ्गा हुन्छन् केवल !शिशु–तारा–दल ती ! तारादल !नन्दन घुम्छन् !झिम्की, चम्की, साना, नाना ज्योतिका नाना लगाई,अमर छुरछुर गर्छन् !जलबिन्दु धराका, आपूmपछिका, आपूmतलका,सम्झन्छन् !
द.के ती हामी दुःखीकन सम्झी
कहिल्यै रुन्छन् ?होइन, होइन, ती नाताभन्दा ज्यादी पर छन्,मुस्कन्छन् !पृथिवीको यो बाफ हो जलको वातावरणमा केही दूर !यी पग्लन्छन् ! यी पग्लन्छन् !तर ती त्यसका माथि उठेका
सँग्लन्छन् !स्वर्गका देउता, तिनका आँखाबाट झरेका,सुखका कनिका टिप्दै जिउँछन् !हामीहरुकन भेट दिनेछन् !दिन्छन् !थाहा छ तिनीकन, दुई मूर्ख परेवा
—
माऊ गुँडमा रुन्छन् !चुम्बन फँकी भन्छन्, “न–रोओ !तिम्रा पनि ता क्वै दिन छन् !आमा–बाबु पनि त धराका
बादलपारि, आँधीपारि,बच्चातिर, पछि उत्रन्छन् !”
ध.यत्ति कल्पना, यत्ति भावना,आशा हुन्छे,बुझाउँछे मन !शीघ्र देखियोस् लैजाने पाल, तरुणी निकट होस्,रे प्रतिक्षण !शेष समयको माग पु¥याउन, भार वहनमा बस्छौँ !अनि लहरी जब सन्चो होला,बन्दरगाहको तल खस्छौँ !भुलभुल आउँछ, भुलभुल आउँछ,पानी मन यो,अज्ञानी मन !पानी मन यो, बूँदबूँदमा
कण, कण !ज्वलनको सीमा नाघेका ती,अम्लान वनतिर लागेका ती,हाम्रा छैनन्, हाम्रा थिए जो,विश्वम्भरको डर, यो गगनको विशालतामा,चम्कन्छन् !हरि र रमाले आँशु पुछेका !नङ्गा आत्मा,कुल्चिरहेका अमरवल्लीहरुका हाँगा
पातमा,आँशु पुछीकन भेट्छन् !
“
बाबा ! बाबा !” भन्दै उडौँला हामी आखिर !भेट्न नबिर्स बाबा !हृदय यहाँ बा बाबा ! बाबा ! काँढा उपरमा
लेट्छन् !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts