Laxmi Prasad Devkota – Raat Ki Atma Prati
क.
रातकी आतमा झकीझकाउ,आऊ !स्वर्गकी रानी !स्वपना–खानी !मन्त्रमुग्ध छन् प्राणी !प्रकृतिलाई नश–नश छोई
सपनाऊ
सपनाऊ
ख.
श्रमको अभिशाप परेको पृथ्वी
हिप्नोसिसले सपनिन्छिन् !विश्रान्ति–विलासका शान्त कुसुमका
कुड्मल सुवासी
मृदु हाँसी
हिप्नोसिसले सपनिन्छिन् !विश्रान्ति–विलासका शान्त कुसुमका
कुड्मल सुवासी
मृदु हाँसी
ग.
चढिरहेछन् काढाँमा,तिनका फुल्दा पत्ती टेकी,दिनको चर्को उज्यालो छेकी,यथार्थ कटुमा छायाढाली,विस्मृतिको मृदु मिरमिर डाली
दूरवर्ती डाँडामा,आऊ निशीथिनी ! रत्नधनी तिमी
गिर्दो तिमिरको मधुरो, मधुरो
बर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा !
दूरवर्ती डाँडामा,आऊ निशीथिनी ! रत्नधनी तिमी
गिर्दो तिमिरको मधुरो, मधुरो
बर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा !
घ.
दिनको द्रुतलय थामी चल्दछ
समयको प्रहरी–बीनामा,सुन–लहरीकी अन्तर मूर्छा
ओर्ल अगोचर झीनामा,राख जादूको चाँपे पाउ !रातकी आत्मा सुन्दरी ! आऊ !
समयको प्रहरी–बीनामा,सुन–लहरीकी अन्तर मूर्छा
ओर्ल अगोचर झीनामा,राख जादूको चाँपे पाउ !रातकी आत्मा सुन्दरी ! आऊ !
ङ.
दुइ शत कोटि दृगकन पारी, कुवेर, पुजारी,व्योमश्री !दर्शन देऊ ! मोती–फूलले स्वर्गको बारी
ढकमक पारी,मूक बनाई, सौता गी !आश्चर्यमौन छन् विद्युन्माला परिमण्डित रे
भू–नगरी !रुन्छ जगत्को आत्मा, पातमा,प्रेम गरी !जलकण तारा–झिलमिल पुष्कर
टोह्लायो !शान्तिपरीले पोल्टो थपाइन् उसलाई
टुहराई,
‘रत्नहरुको शोला यो !’

च.
जगत्हरुका बर्तुल बीजन
एकलासमा बोई,निशीथिनीका आत्मा गाऊ
‘प्रलय भनेको खोइ ?’दुई तीन, दुई तीन ज्योति छरिन्छन्
नेबुलाका ?बुझिन सारा रोपाइँको
तर भाका ?
एकलासमा बोई,निशीथिनीका आत्मा गाऊ
‘प्रलय भनेको खोइ ?’दुई तीन, दुई तीन ज्योति छरिन्छन्
नेबुलाका ?बुझिन सारा रोपाइँको
तर भाका ?
छ.
ए मुनिकी घर । बोधिवृक्षकी
फूल–छाना !यति धनी ता देखिन कोही !सुर–उपवनकी जनाना !केशफुका ए ! मुस्कुरी, मोहिनी,रत्न कुमारी !सपनाकी ए रानी ! आऊ
डरमा अल्पी प्यारा !जुहार–परीझैं ढल्की थोरै
छातीमा,
‘ भएँ म तेरी’ भनिद्यौ मेरी
फेरो मारी,मरुँ अनि वरुँ, अमृत मृत्यु !स्तब्ध प्राण !सपना–बारी चारौंला
स्वर्गोद्यान !……

No comments:
Post a Comment