Laxmi Prasad Devkota – Taara Taara

Laxmi Prasad Devkota – Taara Taara

निशिको बेला, चल्छु अकेला,मिरमिर सडककिनार ।
अरण्य सदृश यो जगतीतलको
फोटो खिच्छ गगनले जलको,जनमन–आँशु हजाराँ !

पवन, रुदित शिशु, शिथिल निदाउँछ,घोप्टी द्रुमको सहारा !थोपा चुहाउँछ कहिलेकाहीँ,मूर्छित स्मृतिको किनारा !बुद्ध चलेथे यी जलकण भनी
फोटो निहारी निज उरको,मुकुट उतारी, मलम लिनाकन
निमन्न घाउ सब नरको !यही सडकमा मौन चले मुनि,सृष्टिदेवीका दृगमा हेरी,सलिल स्रावको धरको !शहीद चलेथे जननी जल गनी,प्रातः समाउन युग परको ?अन्धकारका पार तरौँ भनी,स्वर्गमा मागन हक नरको !वसुन्धराको आत्मा निदाउँछ,स्वर्ग छ जागा, जल–झलझल !वेदनाको सागर लहरमा
हेर्दछ झिम्की, तर्सी पलपल
हृदय जलीकन दृगभर जलकण
लिन्छ कि, रुन्छ कि सुरपुर सारा !निशिको बेला चल्छु अकेला
मिरमिर सडककिनारा !एक इसारा हृदय बोलाउँछ,निद्रा भगाउँछ पर सारा !सेतो, पहिलो राप चढाउँछ ।
आदिदेवका आत्मा जलेथे,भारत व्योममा जसद्धारा !नचिकेताको आत्मा बोल्दछ
अग्नि–तत्वको सार खुलाई
जलेर जलको कणीझैं वर्तुल
चम्कन इच्छा लाग्छ मलाई
अन्धकारमा छाम्दछु अमृत
—
ज्वालाहरुका लप्का सार !निशिको बेला चल्दछु अकेला !मिरमिर सडककिनारा !तिमिर–भस्ममा तर परिणत दिन
ढुँढ्दछ नव छवि जलधि मनि !शिवले पिउँछन् गरल निशाको,मथिई निक्ले चन्द्र पनि ।
आत्मा हो यो प्रलयोल्लङ्घक
अमर, अमिट रे सौरकणी !जलको बिन्दुभित्र अटाउँछ, जसमा यसले महल बनाउँछ,द्यौ–अवलम्बी, तल अवनी !शहीद–समाधि झैं निशा उपर छन्
देही छविला जिउँदा सारा !अहो ! निसासिस् किन ए काँतर !अन्धकार पौडिन केवल,ज्योति छ यसको दूर किनारा !जब छन् राती, यस्ता साथी !छैनस् अकेला ! जल् सारा !जीव ए ! शिव हो ! जीव ए शिव हो !चम्किरहेछन् तारा, तारा !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts