Laxmi Prasad Devkota – Basanta Purnima Prati
क.
प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल !जादू झार्दी सब जलथल !गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी,तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की !देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !
ख.
यथार्थताकी हे उपहासिनी ! ललितकलाकी धाई !रससलिलाशय पारी फेरि नागह्रद यो, तुहिनकिनार,माछो बन तँ सुनौला भन्छयौ ?मुस्की, मलाई बोलाई ?आदिकालको रसमा लग्छयौ ? केलि–कुतूहल बनाई ?जादू जलपी हिउँका बार ?े
ग.
अमरत्व दिंदी छौ दिवस दिवंगतकन पनि,अझ चिरनूतन, जीवन ।
प्रकाश–तपस्विन ! सती तिमी के कञ्चन !सान्ध्यद्धन्द्धमा ध्वानभिध जो महादानवसँग दुर्दान्त
हार दिवाकर, शहिद सुनौला,सकल चराचर नाम बने जब, बलिदान पयोधिप्राणान्त ।
उरमा प्रेमालिङ्गनले तब सुस्त उठायो दिनेश सती ।
प्रेमाऽमृतले जीवित पारी आफ्ना पकडमा मृत ती पति ।
तुषारस्तनी ए ! सजला ! शान्त !

घ.
दिन–मथनको गरलपानले छाती कलङ्कित सुन्दरी ! तिम्रो !अमृत शेष भो संसार !चन्दनशीतल शान्तिमहलको विभाविशिल्पित खुल्दछ द्धार !स्वर्गको सन्चोको छ किनार श्रमले शिथिल पतबार !स्वप्नकुञ्जका बास्ना सुमधुर मुसमुस चल्छन् विपनावार !मस्ती खेल्छन् सुरेली तिम्रा कराली किरणमा पृथिवीवार !जूनकीरी झिम्किन लाने नन्दनवनमा नीलाकार !विश्रान्ति ओर्लिन् बादल–भुवामा भ¥याङ बनेको शैलकिनार !कालो रेशम चोलि डाली,जादूगर्नी, निद्रा जाली,कालिकाठको डन्डा चाली, ओर्लिरहिछने मन्त्र प्रणाली
सम्झी सम्झी,थोरै बिर्सी तिम्रा प्रभावले खालि !उँग्दछ अनिल कुसुमदल माथि, फेर नफर्की, लट्ठ परी !काँढा मर्छन् पृथ्वीका अब, फूल बन्दछ रातभरि !श्रमको श्राप छ बरमा परिणत !भू छन् स्वर्ग अपेक्षा उन्नत !धमिला जलमा संलग्नजस्ती मानवजीवनमा आयो !एकलासकी रानी ! उदायो !बजाइरहिछौ मानो तिमीले
अश्रुर–झङ्कृत मधु बेला ?

ङ.
मौनी धवल हिमाल–समाधि भित्र फुरेकी ज्योतिसरि,विष्णुवदनकी छवि मधुरी !मृत्युभन्दा परतिर लग्ने तिम्रो मोहन, मृदु मुसकान !औषधिका बिरुवा छछयौं रसले भिजाई
हिमालभरि !ज्वर जजैर यो जगमा दी अमृतमय वरदान !अमृतवनकी मालिनी, मुस्क !संसार निदाउँछ निर्भयतामा मृत्युलोकमा सुधा स्वपनी !तिम्रो छहारीमनि !चिन्ता हुन्छन् सब सुनसान !उपल उज्याला पुलकी पलपल,फूल बनाई, तिनका मुटुमा दिन्छयौ बुलबुल !शैलकराली नेपालीमा कहिले देखें
स्वप्न–सोपान रचिरहेकी,करले कलकल !देखिनँ यस्ती राम्री कहिल्यै,फुल्दी धरामा हाँस्दी कोमल !कोमल खिलखिल !

च.
यात्री बनाउँछयौ मानव–आत्मा,रसको सुदूर क्वै तीर्थतिर !कविको हृदय दुगुर्दछ फेरि,अतीत युगका, आँसुहरुले प्यार फुलेका कुञ्जनिर !अनङ्गसुतको स्वपना देखी उषामा स्तन चढ्छने, झर्छन् !यथाथइलाई, प्यारकी देही, स्वपनाबीच निचोर्छिन् !तिम्रा किरण जब मुखमा पर्छन् !एक समरको कालो चदरको लामो फेर लतारी,उनका सँगमा हेलेन दुगुर्छिन्,बादलमा !बादलस्पर्शी बुर्जाहरुमा अनुपम, अनुपम, विन्दुदृशी
तारा गन्दै, मधुर वेदना, गीतमा झर्छन्,उडुमालाझैं लच्की, टुट्दै,बरबरमा !होला तिनका छायाँ परेको, कतिका उरमा,घर, घरमा !किनकि तिमी छौ प्यास जगाउँदी,प्रेमकी रानी,कथाकी खानी,भाव उछाल्दी, सागरजस्तो,सुन्दरमा !

छ.
सुन्दर, सुखकर उपहास सिकाऊ कुटीहरुकन साना ।
जलप परालका छाना !मलम तिमी ए ! गिरिब्रणकी
विजय तिमी ए ! दिन–रणकी !दरिद्रताको सिंगार मुहार ! खुश पार !समानताको तन्त्र फिंजार !रङ्कहरुकन राजकुमारीहरुका सपना देऊ ।
दिनको खील झिकी लेऊ !गरीबहरुको दरबार रच !भविष्यको स्वयं फोटो खिच !इच्छावरदे ! शूल फूल छन् तिम्रा सुन्दर शाासनमा !आधा जीवन वैकुण्ठ बनाई, विराज स्वप्नका आसनमा ।
सुखकी ए हाँस्दी गजूर !कसको अब ए कसमा उजूर ?

ज.
अद्भुतताकी अप्सरा तिमी ! केश बदल्न सिपालु !विविधकलामा चालू !कहिले घूंघटपट– अभिरामा !बादलवनका पुष्पलतामा, देखें मैले तिमीलाई !कहिले, अहिले जस्तै फेरि,बेहोशीझैं वदनखुला, सुस्त चलेकी मुसकाई !लुक्छयौ कहिले नीलोत्पलको विशाल दलमा भित्र घुसी !शीत विन्दुको झूल कसी !फूलसँगमा प्यार कथाका पाना मृदुल फुहेर,पढिरहन्छयौ राति कहिले,निश्चल, नुहेर !कहिले दुगुर्दी देखें तिमीकन, हतपत खूब भएर !कहिले देखें जलक्रीडामा–अमृतसिन्धुमा विश्वकी छायाँ ए रजनी !यथार्थभन्दा तिमी छौ धनी !कला–जगत्झै सुन्दर बन्छिन्
अवनी !मेरा पनि छन् उपासनाका हिउँका चुली,हिमगिरिवन !अमृत सिंची, औषधि बिरुवा भरभर फुलाऊ
जगतज्वरका ताप निवारक,कान्त सुमन !शैशवदेखिन् कर फैलाई माग्थें तिमीकन,स्वर्गकी फूल !दृगले पिइयौ, मुटुमा लिइयौ
सिंच सुधाले भावका मूल !

No comments:
Post a Comment