Laxmi Prasad Devkota – Ma
लक्ष्मी प्रसाद देवकोटा – म
स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–दाना तिलको,यति छु मसिनो ! सक्छ को सम्झन ?दिल झिल्को ?
अलग सचेतन सागर चेतन
कण जलको !जति जति गिर्दछु उति उति उठ्दछु !अन्त न बलको
विश्व बनाउँछु, विश्वधनी छु—क्षण–झुल्को ।
सृष्टि, स्थिति र प्रलय म भोग्दछु,प्रतिपलको ।
मेरा नीलिम गहिराइमा
मेरै अनिलको
तपन, जपन र अन्तः स्वपन छन्
ऋजु र कुटिलको ।
सब ती विसर्जन मिल्दछु जलमै,जल–फुल्को !जोरिन्छ जतातिर मानवतासँग,साँध यो दिलको,अनन्त शक्ति र ज्योति छु उत्तम
युगको अमर झिल्को !
No comments:
Post a Comment