Gopal Prasad Rimal – Sapana Ma
मेरो हरघडीमा जपना,तिमी आज सपनामा आए !यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,तिमी आज मेरो सपनामा आए !सपनामा तिमी सुरुसुरु आउन सक्छौ,न पर्खान, न पहरा–बिपनाको पखेटा सपना न हो !चाहन्छौ भने उडेर आऊ न, को रोक्छ ?मन लागे तिमी दुष्यन्त भएर आऊ,म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,मलाई बाबु–आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,तिमी उनीहरुलाई मार, मलाई हर !अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ;बल गनै नसकूँ !तिमी आऊ—बिपनाको हराएको मणि नै सपना न हो !पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरा राजा !मेरा परेला निद्राले भारी हुँनै लाए,तिमी आज सपनामा आए ।
No comments:
Post a Comment