Gopal Prasad Rimal – Gunaaso

Gopal Prasad Rimal – Gunaaso

अहिल्यै नमरुँ, नमरुँ !मेरो यही एउटा इच्छा, यही एउटा पुकार
एउटै यो जिउँदो गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर

नमरुँ, अहिल्यै नमरुँ !मैले नहिर्काई चित्तै नबुभ्mने गरी थाहा पाएँमेरा यी पाखुरामा कुन बल लुकेका रहेछन् वालिजत्तिकै बली रहेछुमलाई हटाउन रामले जस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ
त्यसैले मेरो यो भुजाको बलले,मेरो हृदयमा जागेको जहरिलो घृणाले,मेरो धारिलो मस्तिष्कको चोटले
मेरो दुश्मनमाथि आफ्नो पनि माया मारेर
निस्फिक्री नबज्रेसम्म,मलाई मारेर आजसम्म बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दैहत्ते देखाएर उसको मन पगाल्नपट्टि नलागेर
साथै उसले सोझै मसँग मागेको प्रहार
नदिएसम्म
नबिलाऊँ, नडगूँ ! अहिल्यै नमरुँ !मेरो एउटै यो जिउँदो गुनासो
नमरेको यो धोको, यही एउटा धीत
अहिल्यै नमरुँ, नमरुँ !अहिल्यै नमरुँ !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts