Laxmi Prasad Devkota – Gaunthali Ra Devkota
क.गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !
एउटै गुँड छ ! एउटै गुण छ !
ख.यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !प्रकृति बसेर, दुइटैको दिल,एक धागोमा सिउँछ, सिउँछ !त्यो तर्सिन्न, म शङ्किन !मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !बीच बासो,फ्यारफ्यार मध्यम,रसले जिउँछ, रसले जिउँछ !
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !बीच बासो,फ्यारफ्यार मध्यम,रसले जिउँछ, रसले जिउँछ !
ग.बिजुलीको तार लामो, मसिनो,तानिएको हेर ! यहाँ छ !तरङ्ग, लहर क्यै त्यसमा जिउँछ !त्यसमा गौंथली रातमा रुँग्छ,कविको मन पनि त्यस्तै उँग्छ !स्वर्गले रोई हेरिरहेको
भिजेकी पृथिवी मनले सुँघ्छ !दिनभर, दिनभर,दिलले, साधन त्यस्तै हिलोमा
प्यारका एउटा महल बनाउन,ठुँग्छ, ठुँग्छ !सूनसानमा निशिको, सुत्दा
सारा संसार, जागी, जागी,कल्पनाको आँखा उँग्छ !
भिजेकी पृथिवी मनले सुँघ्छ !दिनभर, दिनभर,दिलले, साधन त्यस्तै हिलोमा
प्यारका एउटा महल बनाउन,ठुँग्छ, ठुँग्छ !सूनसानमा निशिको, सुत्दा
सारा संसार, जागी, जागी,कल्पनाको आँखा उँग्छ !
घ.सुहृद्मधु छन्, कविता, पोथी,सँगकी ज्योति !यस जगत्मा खँदिलो बासो
निम्ति, उनको ‘चिउँ’ छ ! ‘पिउँ’ छ !मधुमास बिताउन नेपाल छान्यौं,विवाहपछाडि,स्वस्थ र अग्लो ठाउँ जुन छ ।
गौंथली र देवकोटाको
अध्यात्म मितेरी चुपचाप रुन्छ !सृष्टिको हाम्रो पीडा देखी,करुणादृग झैं तारामय नभ,करयाइँबाट झ्यालमा चिहाई,एक तारमा गुड्छ गुड्छ !गौंथली र देवकोटाको

ङ.वसन्त पछाडि लागी आयौं !स्वपनाको फुल बिपना हुन्छ !गौरी–शङ्कर गाना गायौं —प्रकृति पुरुषको जुहारी परस्पर,गाना जुन छ !त्यो चुच्चाको, यस रसनाको,गाउँदो रचना हाम्रो घर हो !युगका बच्चा आँखा उघार्लान्,हेर्दै पर हो !दिनभर, दिनभर,जगत्ले कुल्ची हिंड्ने हिलोमा,हाम्रो नजर छ
त्यही हो हाम्रो घरको साधन !यस्तो ईँट र यस्तो माटो, नेपालभर छ !पृथिवीभर छ !दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर,माटोको गन्ध नाकले सुँघ्छ !स्वर्ग रोई, गीला, बनेका हिला चुचाले
उचाल्न खोजी ठुँग्छ, ठुँग्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !
त्यही हो हाम्रो घरको साधन !यस्तो ईँट र यस्तो माटो, नेपालभर छ !पृथिवीभर छ !दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर,माटोको गन्ध नाकले सुँघ्छ !स्वर्ग रोई, गीला, बनेका हिला चुचाले
उचाल्न खोजी ठुँग्छ, ठुँग्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !
च.बच्चा काढी यस गुँडमा जब
तिनको पखेटा उम्रन्छ !वनमा लगीकन तिनलाई उडाउन,हाम्रो मीठो मनसूब छ !त्यसपछि प्यारा, प्यारी हामी
कविकविताको गौंथली जोडी
उड्छ, उड्छ !सागर–किनार पुग्छौं, फ्यारफ्यार
एक बार फर्की,आँसुले हेर्न,मानिसहरुको जङ्गल जुन छ !डुब्छौं, दम्पति सागरमा तब,सुखमा हाम्रो आत्मा बुड्छ !प्रसव–वेदनाको यो सदनको
पीडा उड्छ !गौंथली र देवकोटाको,एउटै गुँड छ ! एउटै गुण छ !

Hey publisher, essko english translation ni vaye bughai beshi effective hunthyo
ReplyDeleteSabaiko nepali/sanskrit bhasik gyan prakhar nahuna sakxa