Laxmi Prasad Devkota – Kamjori
क.
कमजोरी हुन् दुःखकी बहिनी,श्रमकी छोरी !दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु
फींज सोहोरी,विधिले रचे रे कमजोरी !
फींज सोहोरी,विधिले रचे रे कमजोरी !
इन्द्रधनुषको रङ्ग क्यै जोरी !साँवली छन्, छैनन् गोरी !तैपनि छन् फेनील हुरी !
ख.
गुलाफ बागमा यस मासुको,गोधूलिमा, मूल परीकन,जन्मिन् मोरी !अलसाइँले गोद लिइन् तब,गाला जोरी !क्षुधा र तृष्णासँग ती खेलिन्
भग्न मनोरथहरुका वनमा ।
मध्यरातमा बैंसे भइछन्
प्रथम श्रापकी उम्दा छोरी ।
कविसँग जिस्किन्, तिर्छी हानी ।
कस्ती उत्ताउली ती मोरी !
भग्न मनोरथहरुका वनमा ।
मध्यरातमा बैंसे भइछन्
प्रथम श्रापकी उम्दा छोरी ।
कविसँग जिस्किन्, तिर्छी हानी ।
कस्ती उत्ताउली ती मोरी !
ग.
आँखा खोली अनगिन कोटी,ढल्की बादल भुवामा लेटी,कविता गर्न बसिथिन् रजनी
कागतजस्तो फिंजाई अवनी !उनकी प्रतिभा मुस्किरहिथिन् !केही टटोली
चट्ट उँगी छन् ! मुखी ढाकी छन् !कालो मसी सब ख्वात्तै पोखी !थाकी छन् ती नरम सिरकमा
छाती जोरी !यस्तो गर्छिन् बराबर मोरी !कमजोरी, ती श्रमकी छोरी !

घ.
घनश्यामा छन्, दृग लामा छन् ।
जादूकेशी !वयसी, अयसी, नशाकी महिषी,कालो–मुलायम–मखमल–वेशी !मुसमुस अत्तर आउँछ तिनको
साँझमा बेसी !
‘इविनिङ पेरिस् ! ’थकित जगत्को त्यसमा के रीस ?तर निशिजागा कविकी मस्ती,सीताजस्ती,देख्छे रङ्गीबिरङ्गी तोरी !सम्मोहनको लहरी हान्छिने जब ती मोरी !

ङ.
बसिरहेछु, कलम ली घोरी !फुत्की, भाग्दछु, उड्दछु भन्छु ।
कल्पनाका पङ्खमा लाउँछिन्
मसिनो जाली, रेशम डोरी !बोक्सी मोरी !उल्टो जीवन–वीणाका सब तन्त्री बोल्छन् तन्त्री रुन्छन्,टूट–स्वरमा, झकझक, झुनझुन,प्रभावले नै आफै सोरी ।
स्वर, स्वर बुन्छन् उँगको जाली !शीमल कोमल तकियाहरुका गालासँगका प्यारहरुका
कथा–रुमानी, मीठा हाली ।
“शान्ति धनी छ” गाउँछिन् नानी ।
“स्वर्ग के हो ?” बुझिरहेछन् छटछट प्राण हिमानी !विश्व–शाल्मली फूल–गुल्जार छ !भन्छ पवनले “निदभर ढुँटे,आखिर बादल–तकिया, शीमल
–फूवभुवा नै स्वर्गको सार छ ! ”शीमल बादल !लम्बनले औ अवलम्बनले प्यासका तारा जब गुम पार्छ,असङ्ख्य धनको तब पो सार छ !निद्राधनी क्या अवाक् रहन्छन्, भाषा तिनको क्या लाचार !खोजहरुको पर त्यो हेर !क्या संसार छ ! क्या संसार छ !मानवता छ भावुकतामा मेरो सुृन्दरता हेरी,अल्सारनुमा, निदाउनुमा नै
आँखा जोरी !दिनभर, दिनभर पत्थर फोरी,आत्महत्या गर्छौ कवि किन ?दृष्ट जगत्मा प्यासले मोरी,माथा फोरी, कागज कोरी ! ………सूनसानको दौलत हेर ! आँखा जोरी !”उँग लागेछ ! झस्की उठें तब !
“गडबड नगरन ! ” भन्दै, “कस्ती
उत्ताउली भएकी तिमी ? ए मोरी”

च.
कलम समाएँ……….खेल्थे नाजुक
औंलाऔंली
तरङ्गजलमा, चोपलचापल
साथ उँगौली !
“औंली बसौली, अलि तल जौली, बयौली,झल्को उठौली, औंली ।”

छ.
दुःख यो रण हो ! दुःख यो रण हो !जागरण नै मूक मरण हो !गाउन लागिन्, ताना छोडी ।
मुस्की मोरी !
मुस्की मोरी !
ज.
तरबार फुकेर सिपाही मरेझैं
कलम गयोरी ! गयोरी !कस्तो छोप्ने जादू तिनको !चोट बिर्से युद्धमरणको
आँखा चिम्ले, सन्चो भो सी !

झ.
मिलजुल स्वरमा तब अब बोलें ।
“हारहरुका हार चढाएँ ! लेऊ मोरी !खुट्टा मिच लौ, खुट्टा पसारें
सासुकी छोरी !सौता कविता रिसाई गइन् अब, सुन्दरी गोरी,मगजै छोडी !आँशु उनका, प्यास तिमीकन
झ्याप्प निभाऊ चेतन मोरी !अमरत्व गरीब छ,दुःखी जीव छ !मरणै धनी हो !मरणै मीठो री ! ”

No comments:
Post a Comment