Laxmi Prasad Devkota – Kina Muskaan

Laxmi Prasad Devkota – Kina Muskaan

.किन ? वयसी ! भन
यस जनपथमा,चोछर्यौ, चिनेझैं, मृदु मुसकान ?


.पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ?दिनको मुटु पनि डुब्दछ जलमा,प्यार गरेझैं हिमचूलीसँग,सुम्पी, जलेको प्राण !मेरो पनि यो जगयात्रामा नहोस् रुधिरको प्रस्थान !

.के यो पोथीपयोधि चलीकन छाल छचल्की धुँदो किनार ?
त्यस्तो जमीनको, जसमा वैरी,आकाश चढीकन, सृजन ागर्ने
उसका मनका सपनाधार ?आदिम तृषा हो यर रसनिधिको यो !सूनसान नै आवाद गरीकन,बिजुली मुस्की,चम्किनु, वर्षिनु !—हुन संसार !भन वयसी ! अधजान !किन यो तिम्रो मुसकान ?

.यो चाँदीको पत्रमा अक्षर काटी दिएको निम्ता हो ?बिलकुल स्वाभाविक !बिलकुल स्वाभाविक !फुलको प्रकृति, अलिको इशारा !पाप होइन यो !शर्मिन्छयौ किन ? गाढा लालीद्धारा !

.प्रथम प्रयोग यो होला तिम्रो,पोथी शक्तिको आत्मपरीक्षा !के तन्त्रीको प्रथम लचक हो ?उषा मुसकान ?कोपिलाको प्रस्फुटन हो ?पहिलो आफ्नो पहिचान ?निसर्ग बुद्धि बोल्छे, ठीक हो !दुई नभै यो पथ चल्दैन !चार नभै यो दीप जल्दैन !वीणा होऊ तिमी, तारहरुकी ?खोनिरहिछौ झन्कार ?

.प्यार भनेको पूmकाँटा हो !तीखो, सुन्दर !तर माटोमा रोपिनुपर्दछ,जलले यसकन सिंचनुपर्दछ !सुस्केराका श्वासहरुले
हम्की हरहर !स्वर्गको बीउ हो पृथ्वी अन्दर !रोप्न आनन्द, बचाउन गाह्रो !एक तपस्या साह्रो !पाइसकेको छु ज्ञान !तर छौ तिमी अधजान !

.सुन्दरले यो गर्दछ आह्वान !कानेखुशी गर्छन् प्राण !
हाम्रो धम्र्म हो त्यसमा बलिदान !त्यसमा बलिदान !”पुरुष प्रकृतिका हामी मिलन हुँ,एकमा आर्को स्वपनाज्यान !शक्ति तिमी होऊ, प्रयोग प्रथमले
नापिरहिछयौ आकर्षण,मेरो अनुसरण, अडान !

.एक जनाना, एक मर्दाता,नाचिरहन्छन् वृन्दावनमा !जीवन भनेको ती दुईको हो
स्पन्द परस्पर मन, मनमा !हाम्रो चिर हो पहिचान !सम्झन, हामी नाचिरहेथ्यौं आदिम कोही पूmलवनमा !याद मुरलीगान ?तिम्रो शरीरको पछि लाग्दिन !पुज्दछु आत्मा महान् ! जसले दियो यो याद पुराण !खोज मलाई युवकमा कोही, प्रत्युत्तर त्यसद्धारा दान !अहो ! भइछौ अन्तध्र्यान !अल्पिसक्यौ मुसकान ?

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts