Laxmi Prasad Devkota – Saghan Tamisra Prati

Laxmi Prasad Devkota – Saghan Tamisra Prati

क.ए आलोक–विलोपिनी ! घन–कजली निशि !लाश दिवसकी निस्पद !रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई,ध्वान्तजटा बाक्ला बिखरी,विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध,

विलीन हिमाली डाँडामा ?महामृत्युकी छाया सरि ए !विशाल शून्य झैं साकार !


ख.त्रासोत्पादक छायाहरुको तहबह मिसीकन बाक्लो तमको
पारावार सदृश तिमी, आनाकधरा,हाम्रा चेतन–चट्टानहरुमा ठक्कर दिन्छयौ, प्रतिक्षण, प्रतिक्षण,झस्काई बराबर,भूबालब बिचरा !

ग.ए महानिद्रा झरेकी, निश्चल पदमा, जग ढाकी !यमलोकी ए शून्यालोक !तिम्रो भीषणताका समक्ष आँखा चिम्ली जीवहरु
मूर्छा पार्छन् चैतन्य !

घ.यत्तिकै हो रङ्गीचङ्गी विविधतायुत जग इतिहास ?अनुसन्धान आशा, अभिलाषा ?मूक रहस्यकी मुटु ! ए अदुष्य !बोल ! तमिस्रा ! निश्वास !महाशून्य मात्रका अश्रुत छालले ठोस किनारा खान्छन् सारा ?बैरी, उक्ली, तमका धारा ?जीवनको यो भाँडोभरि के ? शून्य भरिन्छ ?आह ! सारा ?

ङ.ओ मट्टी ! ओ मट्टी !रायो–दाना थिचिएँ ! थिचिएँ ! किचिएँ ! लौन !तालुपट्ट छु ! निस्पट्टी !

च.आलोककणी झैं स्वकीय पिलपिल–अस्तित्व उपर अशङ्क,निसास्सीँदो छु, तिमिरक्षारमा,त्यो क्षुद्र उडु झैं घन–धाँजामा, सानो, मानो
आशाहीन !

छ.ए मेरा हराएका धनकी चोर्नी !गतवस्तुकी ए काली कारा !चिरिई फुट् तँ निजी, निठुर उर
फारी !हेर् तँ ! तमिस्रा निश्चेता !भित्र छ तारा, तारा !!!

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts