Laxmi Prasad Devkota – Goli Ho
क.गोली हो यो गोली हो,काननेर गाउँछ सुइँय ! रणको बोली हो
आजको यो निम्ता भाइ !बल्दो भोलि हो !
आजको यो निम्ता भाइ !बल्दो भोलि हो !
ख.चण्डीको यो गिडगिडी, रुद्रको यो तान
ध्वनिले डाक्छ ध्वनिको ढेर, मुग्ध आज प्राण !जीतहारको छ आज द्धन्द्ध नृत्य, द्धन्द्ध नृत्य,हेर ! हेर !लाल आज उग्र लाग,सम छ बलिदान !प्रलय डमरु बज्छ डिमडिम,खुल्छ रुद्रधाम !गोलीसाथ बोल्छ गोली,
‘के छ भोलि हो ?’आउँदा युगको गान हो यो,राग होली हो !

ग.भेटे यसले देउता पार्छ, छलिए दिन्छ राज !यसले जिउन, अमृत पिउन, लाउन देवताज !काननेर गाउँछ सुइँय !आत्मा नै उडाउँछ हुइयँ !पुरुखाहरुको माझ !छातीले धकेले स्वर्ग
पीठले पिछोले नर्क,केवल मुटुको जाँच !भूचरी या नभचरी, दुईमा एक आज !जो अमूल्य मिल्छ भाइ ! ज्यान मारेनी हो !

घ.छायाबाट तर्सिएका, मायाबाट पर्सिएका
खुम्चिए, डरे !कालले घिसार्छ बोको, कालले घिसार्छ बोको,फेरि त्यो भरे !शहीदलाई खोज के छ ? वीरलाई मोज के छ ?बोक्रो यो झरे ?गुदी देखाउँला नेपालीको, गुदी देखाउँला नेपालीको,मातृदूध रे !कालसाहू ऋण तिरेर प्वाँखजस्तो हलुका बन्दा घट्छ के भरे ?एक लहर चिडिया उड्लान्, प्रातः बोली हो !मानवको यो स्वर्गतर्फ एक टोली हो !

ङ.सबको भाइ, मेरो भाइ,सबकी बहिनी, मेरी बहिनी,सबको घर हो मेरो घर !यत्ति राखौं मनमा सबले,एक्लिँदैनौ केको डर
गै बसौँला सबका छानामनि रे एक जहाज बनी,पूजाकोठा भर !बादलको त्यो ढोकाभित्र हेर ! घाम छ, घाम छ, घाम छ,शङ्का छैन, डर !स्वप्नमा घुसौँला हामी, यादमा बोलौँला हामी,नेपालीको कान छ ! जान्छ
वाचाल हाम्रो स्वर !माटी चोली फ्याँकी लाउनु सुनकी चोली हो !

च.लहडदास, कीर्तिप्यास
सर्पले हान्या होइन यो त !तार तान्या होइन यो त !यो त देखाएको नर !यो त रेटिएकाहरुको आत्मा बिउँझ्या, आत्मा जाग्या,विधिको अचूक सर !बीउ फुटेको, मृत् टुटेको
उबजनी अमर !मूर्छाबाट बिउँती चल्नेहरुको बोली हो !

छ.दालभात दालभात गाँसबास !नेपालीको नाङ्गो जीउमा केवल एक कपास !मानव–हक औ मानव–आस !यही कदम हो, यही कदम हो, यही कदम हो,भोकको दम हो,प्यासको वेग हो !मानवताको द्धार घचघच, एक ढयाङ्ग, एक ढम्म हो !बोल्छ प्राण–नलीको भेरी,
‘कुइरो नाश ! कुइरो नाश !’ एक नयाँ प्रकाश !वेदनाको ज्वाला मुख हो, न्याय बोली हो !

ज.आँखाको यो दोष होला
अन्धतासँग रोष रोला
बम्किएको होश होला
दीर्घ नींदको बलि !हिउँमा पाइला, झारमा पाइला, तीरमा पाइला !नाङ्गा हड्डी क्रूर भाइ ला !यो युवकको अञ्जुली !जो जिएथे, जो मरेनन्, रातमा बोली हो !

झ.क्याँग ती बूटले खान्थी
काँढा झाँग ती, बालू ढयाँग ती !हाइ लडे, मर्काई आँग ली !तिनको लाल छाप हेर !फेर्छ पृथ्वी भोलि हो !व्यर्थ हुन्न ! चल अगाडि !बाढी, बाढी !एक रोज होला फेरि नेपालीको यो आकाश
छयाँगछयाँगती !युगले फेर्ला चोली हो !कदम कदम हो, क्रान्ति, क्रान्ति
राष्ट्र शान्ति ! राष्ट्र शान्ति !यी किरण फुटेर मेट्छन् भूतभ्रान्ति भूतभ्रान्ति !फेर्ने चोली हो !

ञ.तारालाई बाटो लाउने, दिल उदाउने
न्यायशील !छौ कि भूमा ? छौ भुवनमा ? छौ कि स्वरमा ?लेऊ यो अपिल !हकको शिशा छिन्नेमाथि !मानवलाई किन्नेमाथि
हेर आँशु–झील !आमा भोकी, बाटो रोकी, कोही हिँडयो कि !सुन्निएका डील ?ती रुलाउने, ती गिज्याउने, ती भिजाउने
–लाई गिद्ध–चील !आज तय होस्, आज तय होस्, आज तय होस्,हकको टोली हो !

ट.पाठो छिर्केको बिहान छ !यो रगतले रात जान्छ !कुम्भकर्ण माटो खान्छ !रावण जा !जिन्दगी !तेल ढली, औ तेल जली !बन्दछन् दीपावली !सारा शिखर देशका जल्छन् भोलि हो !
ठ.सनसनी आनन्द कसको ?वीररसको !ज्यानको दाता उही,ज्यान उसको
भेडा मर्छ घाँसमाथि, जिन्दगी नै रोग उसको !अब नृसिंह गर्जिदो छ, खम्बा फोरी दीर्घ युगको,दैत्य झस्क्यो ! दैत्य झस्क्यो
साध नरको चोली हो !

ड.आयो मजा क्यै ? वीरहरु हो !काल कुश्ती ?भोलि क्या कहानी भन्लान्
हरिया बस्ती !गोली हो यो !दासदलको अन्त्य बोली !अन्त्य बोली हो !एकलौटी शक्ति रुन्छे, लोहा बिन्दु धोली हो !

ढ.भीम भाइ हो ! भीम भाइ हो ! भीम भाइ हो !दाह्रा फर्रे !काँधले धकेल्छौं पर्वत,यो उखाड्छौं, यो उकेल्छौं
ढुङ्गा पर्रे !दाना, दाना, पुरुखा झिल्के, पुरुखा झिल्के
जनको राज ! जनको राज !या त भोलि या त आज !पन्छी हो ! पन्छी हो !हुर्रे ! हुर्रे !आयो आज अन्तरात्मा दुष्टताको पोली हो !

ण.बढ अगाडि, बढ अगाडि, बढ अगाडि !निराश ताडी, आश छाडी,बाढी ! बाढी !काँढा गिज्याई, कुल्ची झाडी,मानवको यो झन्डा पछाडि !एक वीर, एक बज्र, चट्क बोली हो !
त.के दधीचि केही बुझ्यौ त ?हड्डी चट्की
बाजलाई चोक्टा दिनुको
के त आज शौक भड्की ?थर्र संसार पार्नु के यो
हाम्रो थोरै शान हो ?मानिस पड्की, वायु रड्की, पृथ्वी गड्की,वज्रको यो गान हो !भोलि नेपाल आँखा मिच्ला
बिउँझी आँखा खोली हो !

थ.गाउँछ गोली गोली जो !स्वागतको बोली हो !क्यै न बोले बाह्रमासे
फुल नित्य भोलि हो !बोल्न पाए ‘जनतन्त्र’धूवाँ फाट्दा खार छाड्दा
रुद्ध कण्ठ खोली हो !गोली हो यो गोली हो !तिनका मर्लान्,असिना पर्लान्, पग्ली झर्लान् !हाम्रा चाहिं जुगजुगलाई
गाइरहलान् होली हो !

No comments:
Post a Comment