Laxmi Prasad Devkota – Bihana Ko Akash Lai
क.
आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो !ए चोरीको ए रे अँध्यारो !बिक्रीको,हुँडारहरुको उल्लूकहरुको
षड्यन्त्रीको
दुःस्वपनीको, निशाचरको,
षड्यन्त्रीको
दुःस्वपनीको, निशाचरको,
निर्भीकताको साम्राज्य !ठुक्री, टुक्री, टुक्री जा
फुस्री, धुस्री, बिलाई जा
जा खण्डहरको बाटो !जल् बल् अभिशापित हे !ले, सल्की, मेरा
मूक वेदनाका आज्य !
ख.
म सुतेको मानिस हुँ,जीविततातिर बेहोश !म लुटेको मानिस हुँ
धनी र वञ्चित, निर्दोष !हत्याराहरु भागिरहेछन्
छायाहरुका आड लिई
म हतमानव सक्तिनँ बोल्न
बोल्ला नियति काँढ लिई !
धनी र वञ्चित, निर्दोष !हत्याराहरु भागिरहेछन्
छायाहरुका आड लिई
म हतमानव सक्तिनँ बोल्न
बोल्ला नियति काँढ लिई !
ग.
उम्ली ! छड्की !बेहोशीको कालो कराही !उम्ली !मानव, सुत्दछ मर्दैन
रात सधैं पर पर्दैन
सारा रङ्गका दुःख मिलीकन
मिसिएको कालो रङ्ग,कालको झैं रोगन बन्दछ,अचेतताको निष्पट अङ्ग !यो युगको हो सन्नाटा,निशाऽभिध यो सूनसान
आत्महत्या गरेर उठ्ली
पोखरी आफ्नो मुटुको रुधिर यो,अर्पी आखिर
अहार्य नीतिमा आफ्नो प्राण !
रात सधैं पर पर्दैन
सारा रङ्गका दुःख मिलीकन
मिसिएको कालो रङ्ग,कालको झैं रोगन बन्दछ,अचेतताको निष्पट अङ्ग !यो युगको हो सन्नाटा,निशाऽभिध यो सूनसान
आत्महत्या गरेर उठ्ली
पोखरी आफ्नो मुटुको रुधिर यो,अर्पी आखिर
अहार्य नीतिमा आफ्नो प्राण !
घ.
एउटा चरो छ नेपाली
आफ्नै खरानीबाट ऊ जाग्दछ, युगयुग पङ्ख उचाली,एक टाकुरा कहीं छ हिमाली
जसमा मानवताको रथको पाङ्ग्रो गुड्दछ एकपाली ।
आफ्नै खरानीबाट ऊ जाग्दछ, युगयुग पङ्ख उचाली,एक टाकुरा कहीं छ हिमाली
जसमा मानवताको रथको पाङ्ग्रो गुड्दछ एकपाली ।
ङ.
हाहा ! सुतुवा हो सारा,दुःख दर्दका अबोल चरुहरु
सकल साँपका पेटारा,दैन्य, निराशा, लाचारी
अज्ञान, पराजय सारा–यही कराही कालोमा
उन्ली उठ्दछ आफै यो एक बिहान उज्यालोमा ।
सकल साँपका पेटारा,दैन्य, निराशा, लाचारी
अज्ञान, पराजय सारा–यही कराही कालोमा
उन्ली उठ्दछ आफै यो एक बिहान उज्यालोमा ।
No comments:
Post a Comment