Karma Lyrics Karma Band
[Verse 1]
घर आंगन, सिद्धि र इमान
पाखा अनि पखेरा, भन्ज्याङ पहाड
डाकी रहेछन् आफ्नै यो माटोले
डाकी रहेछन् आफ्नै यो गाउँले
फर्की आउछौ कि भनी पर्खी बसेछन्
आफ्नै यो ठाउँमा
[Chorus]
कर्म, कस्तो यो कर्म
छिन भरको सुख खोसदै
टाढा, धेरै टाढा भयौ कि
सुनौलो भविष्यको आशमा
कतै आफूलाई नै विदेशमा
भुलेर नै पो बस्यौ कि?
[Verse 2]
रोएको, मसित रक्शी पिएको
कलम यो लिएर, कति कोरू भावनाका यी झरनाहरू, कति कोरू
कति बसु घर आंगनीमा
हाम्रा फूलेर गइ सके
कति बर्षहरू बादलीमा जुरेर गइसके
[Chorus]
कर्म, कस्तो यो कर्म
छिन भरको सुख खोसदै
टाढा, धेरै टाढा भयौ कि
सुनौलो भविष्यको आशमा
कतै आफूलाई नै विदेशमा
भुलेर नै पो बस्यौ कि?
[Verse 3]
भुल्यौ कि कसो साथीभाईलाई
आफ्नो मायालुलाई
भुल्याै कि कसो आफ्नो भुमीलाई, सानोमा खेलेको
सक्छौ भने अझै हेर यी आँखामा
बेदनाले किन बिझेको?
भो-भो अब धेरै अबेर भै सक्यो
भन छन् तिम्रा आफ्नतहरू
[Chorus]
कर्म, कस्तो यो कर्म
छिन भरको सुख खोसदै
टाढा, धेरै टाढा भयौ कि
सुनौलो भविष्यको आशमा
कतै आफूलाई नै विदेशमा
भुलेर नै पो बस्यौ कि?
[Outro]
घर आंगन, सिद्धि र इमान
No comments:
Post a Comment